रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज बुटवलमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि दाङस्थित राजधानी राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गरेका छन् ।

बुटवलमा रहेको प्रमुख प्रमुखको कार्यालयमा बिहान प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ गरेपछि करिब ३ घण्टाको गाडी यात्रापछि देउखुरीमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दिउँसो पदभार ग्रहण गरेका हुन् ।

प्रदेश राजधानी देउखुरीमा भएपनि प्रदेश प्रमुखको कार्यालय अझै बुटवलमै रहेको छ । अर्घाखाँची क्षेत्र १ (१) का आचार्य यसअघि तीन पटक मन्त्री भएर काम गरेको अनुभव छ । एमाले संसदीय दल उपनेता आचार्य कानुनमा स्नातक उतीर्ण छ । एमालेभित्र पुसमा संसदीय दलको नेता चयन गर्ने बेला दलका नेता लिला गिरी पहिलो चरणमा मुख्यमन्त्री हुने र उपनेता आचार्य दोस्रो चरणमा मुख्यमन्त्री हुने भद्र सहमति अनुसार आचार्य कांग्रेस–एमालेको गठनबन्धनबाट आचार्य मुख्यमन्त्री भएका हुन् ।

मुख्यमन्त्री आचार्यसहित एमाले र कांग्रेसका चार/चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । विनाविभागीय आठ जना मन्त्रीलाई छिट्टै मन्त्रालयको जिम्मेवारी तोकिने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित