रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण आज रातिदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै                
समाचार :

मुकु सुवेदीको नयाँ गीत ‘डालीमा बसेछ चरी’ सार्वजनिक

बुटवल । कलाकार मुकु सुवेदीको नयाँ लोक गीत सार्वजनिक भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल बनेकी बैतडीकी बाल गायीका कल्पना बिष्ट र गायक अर्जुन सापकोटाको आवाजमा ‘डालीमा बसेछ चरी’ बोलको गीत सार्वजनिक भएको हो ।

यसअघि तिमी पनि उस्तै रहिछौं, तिम्ले चोली लगाउन लायसी लगायतका चर्चित गीतहरु बजारमा ल्याएका मुकुले विभिन्न म्युजिक भिडियोहरुमा समेत अभिनय गरेका छन् ।

यस पटक पनि उनले माया प्रेममा आधारित शब्दहरुसहितको नयाँ गीत ल्याएका हुन् । कृष्ण बस्यालको लय तथा नन्दु परियारको संगीत रहेको यो गीतको संगीत निर्माण कृष्ण विके ‘भान्जा’ले गरेका हुन् ।

गायक अर्जुन सुवेदी, कल्पना विष्ट, रचना न्यौपाने, मुकु सुवेदी र सुष्मा सापकोटाले सम्युक्त रुपमा यो एल्बम बजारमा ल्याएका हुन् । मुकु सुवेदीको यूटुव च्यानलमा यो गीत सार्वजनिक भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित