प्रदेशस्तरीय यु-१६ क्रिकेट सुरु, उद्घाटन खेलमा रूपन्देहीको सानदार जित लुम्बिनी प्रादेशिक अस्पतालमा विशेष सर्जरी कार्यक्रम, अप्रेशनका लागि अव पालो कुर्नु नपर्ने मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना                
समाचार :

एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको १० औं अधिवेशनबाट यज्ञ गैरे सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यद्यपि यसको औपचारिक घोषणा हुन भने बाँकी छ । नेताहरुबीच बिहीबार नै गैरेलाई अध्यक्ष बनाउने गरी समझदारी जुटेको थियो । समझदारी जुटेपछि बिहीबार राति अध्यक्षका अर्का उम्मेदवार तेजेन्द्र केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

गैरेको अध्यक्षतामा सर्वसम्मत पदाधिकारी चयन गर्ने विषयमा नेताहरुबीच सहमति जुटेपनि राति अवेरसम्म केसी र अर्का प्रत्यासी खेम लुईंटेलले अध्यक्षको दावी कायमै राखेका थिए ।

अधिवेशनबाट उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिलातर्फको उप सचिवमा सुनिता ठठेर पनि सर्वसम्मत भएका छन् ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, पद्मा अर्यालसहितका नेताहरुले बुधबार राती नै यो विषयमा छलफल गरी सहमति गरेका थिए । पौडेलले बिहीबार बिहानै काठमाण्डौं गएपनि यहाँ रहेका नेताहरुले समझदारी सुनाएका थिए ।

अन्य पदहरुमा पनि सर्वसम्मतको प्रयास जारी रहेकाले शुक्रबार मात्रै औपचारिक घोषणा हुने गरी तयारी गरिएको छ । सदस्य पदका लागि सुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, रोहिणी गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट सर्वसहमतिमा चयन भएका छन् भने अन्य पालिकाहरुमा पनि सहमतिको प्रयास जारी छ ।

न्युज बुटवल टुडे बाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित