भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

 

बुटवल । नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई समितिले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । यही मे १२ का दिने मनाइने अन्तर्राष्ट्रिय नर्सिङ दिवसलाई लक्षित गरी बुटवल–११ स्थित शहरी स्वास्थ्य केन्द्रमा विहिबार आयोजित शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको पहिचान सम्बन्धी परीक्षण गरिएको हो ।

स्वास्थ्य शिविरमा १६१ जना महिलाहरुको स्तन तथा पाठेरको मुखको क्यान्सर सम्बन्धि रोगका पहिचानका लागि स्क्रिनिङ गरिएको लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ विभाग प्रमुख ज्योती पौडेलले जानकारी दिइन् । सो क्रममा १० जना महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुन सक्ने लक्ष्यण देखा परेको थियो भने ३ जना महिलामा स्तन क्यान्सर हुन सक्ने लक्ष्यण देखा परेको नर्सिङ प्रमुख पौडेलले जानकारी दिइन् । लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. अनिता पुन र वरिष्ठ स्तन क्यान्सर रोग विशेषज्ञ डा. संजय पाण्डेसहित नर्सिङ स्टाफहरुको सहभागितामा शिविर गरिएको थियो । शिविरमा निःशुल्क औषधी वितरण, परामर्श तथा थप उपचारका लागि आवश्यक प्रक्रिया बारे सेवा प्रदान गरिएको थियो ।

बुटवल उपमहानगरको सहयोगमा आयोजना गरिएको शिविरमा वडा नम्बर ९ र ११ का महिलाहरुलाई लक्षित गरी शिविर सम्पन्न गरिएको हो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य सेवा र पूर्वाधारका हिसाबले सम्पन्न बनाउनु पर्नेमा जोड दिए । उपमहानगरले शहरी स्वास्थ्य केन्द्रहरुमार्फत जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै ‘जेष्ठ नागरिकहरुसँग नगर प्रमुख’ कार्यक्रमबाट पनि उनीहरुलाई घरमै पुगेर स्वास्थ्य लगायतका सेवा प्रदान गर्दै आएको जानकारी गराए । यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले स्वाथ्य सेवामा नर्सिङ स्टाफहरुको भूमिका बारे चर्चा गर्दै दिवसलाई पनि सेवा गरेरै मनाउनु सकारात्मक भएको उल्लेख गरे । कार्यक्रम लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ संघ बुटवल इकाई कमिटी अध्यक्ष कुमारी हरी केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित