भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

अपाङ्गता सचेतना सम्बन्धी नीतिगत अभिमुखिरण

बुटवल। रुपन्देही नेत्रहिन संघको आयोजनामा बुटवलमा अपाङ्गता सचेतना सम्बन्धी नीतिगत व्यवस्थाको विषयमा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

बुटवल उपमहानरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिकाका उप प्रमुख तथा अपाङ्गता परिचय पत्र व्यवस्थापन संमन्वय समितिका अध्यक्ष सावित्रा देवी अर्यालले अपाङ्गताको विषयमा नगरपालिका जहिले पनि संवेनशिल भएर काम गरेको बताएकी थिईन । उनले सरकारबाट निर्देष्ट अपाङ्गता परिचय पत्र व्यवस्थापन सम्बन्धी काममा सहजीकरण गर्दै अपाङ्गता भएका व्याक्तिहरुलाई सामाजको मुल प्रवाहीकरणमा ल्याएर सोही अनुसार आत्मनिर्भर बनाउने गरी काम गर्दै आएको बताएकी थिईन ।

रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीको अध्यक्षता तथा सामाजिक विकास समितिका सभापती वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य शिला घिमिरेले सञ्चालन गरेकी थिईन ।

कार्यक्रममा बुटवल उपमहानरापलिका वडा नम्बर १ देखि १९ सम्मका सम्पूर्ण वडा अध्यक्ष, नगरकार्यपालिका सदस्य तथा नगरपालिकाको सामाजिक विकासमहाशाखा प्रमुख तथा कर्मचारीहरुको सहभागीतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल नेत्रहिन संघका केन्द्रीय महासचिव शिशिर खनालले अपाङ्गताको बर्गीकरण, कानूनी व्यवस्था, भैरहेका अभ्यास तथा आगामी दिनमा स्थानीय सरकारले गर्नुपर्ने कार्यको विषयमा सहजीकरण गरेका थिए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य सावित्रा घिमिरे लायतले आ आफ्नो भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित