गुल्मीको भनभनेमा ३ घरगोठ जलेर नष्ट बुटवलको मिलनचोकमा खुल्यो २ करोडको लगानीमा महालक्ष्मी स्वीट्स श्रमीक र व्यवस्थापन पक्षको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा सरोकारवालाको जोड अपाङ्गता सचेतना सम्बन्धी नीतिगत अभिमुखिरण लुम्बिनीका जिल्लामा अत्यधिक गर्मी, तापक्रम ४० डिग्रीभन्दा माथि गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते अर्घाखाँचीमा डेढ महिनामा १०३ घरगोठ जले रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद शिक्षकहरुलाई शिवराज नगरपालिकाको निर्देशन– ५ दिनभित्र राजनीतिक दल त्याग्नु बुद्धनगर खानेपानीले ‘भोगचलन’ गरेको जग्गामा टोल विकास संस्थाले चलायो स्वीकृती विना डोजर                
समाचार :

यी हुन् गुल्मीमा “दुर्लभ किङ कोब्रा” उद्दार गर्ने सागर पाण्डे

गुल्मीको सत्यवती गाउँपालिका ६ जोहाङस्थित किराना पसलभित्र दुर्लभ मानिएको किङ कोब्रा प्रजातिको ६ किलो ७१५ ग्राम रहेको सर्प पाल्पाको तानसेन नगरपालिका अर्गेलिका सागर पाण्डेले मंगलबार साँझ सकुशल उद्धार गरेका थिए।

लगभग ३ मिटर लम्बाई भएको यो सर्प उद्दार गर्ने २७ बर्षीय पाण्डे सर्प कै कारणले पाल्पा र पाल्पा आसपासमा परिचीत छन् ।

पहिलो पटक आफ्नो बहिनीलाइ (अन्कल कि छोरी ) जो ६ महिनाकी छॅदा ऊनी सुतेको ठाउँमा सर्प आएपछी बचाउनलाई रिस्क लियेर निकालेर सर्प सॅग खेल्न सुरु गरेका पाण्डेले पाल्पा, गुल्मी,अर्घाखाँची, स्याङ्जा, नवलपरासी र रुपन्देहीमा गरि दुई दर्जन भन्दा बढी राज गोमन र अजिङ्गर उद्दार गरिसकेका छन् ।

उद्दार गर्दा कहिले पनि पैसा नलिने गरेको तर खुशीले उद्दार गर्ने घरकाले कहिलेकाही खाजा खाउ भन्दै ५०० देखी १००० सम्म पाउने गरेको अनुभव पाण्डेको छ ।

राज्यले ध्यान दिए धेरै राम्रो गर्न सकिने तर राज्यले वास्ता नगरेको गुनासो पाणेको छ ।

उनले भबिस्यमा राज्यले सहायता गरेमा नेपालका धेरै ठाँउमा पुगेर सर्पबाट बचाउने र सर्प सम्बन्धि अनुसन्धान गर्नको लागि पर्ने रहर रहेको वताउछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार