३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

विभिन्न कार्यक्रम गरी होटल पौवाले ८ औं वार्षिकोत्सव मनायो (तस्वीरहरु)

बुटवल । नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै स्थापना भएको होटल पौवाले आफ्नो १२ वटै शाखाबाट बिबिध कार्यक्रम गरेर ८ औं वार्षिकोत्सव मनाएको छ । हरेक शाखाहरुमा फरक फरक जनउत्तरदायी कार्यक्रम गर्दै पौवाले स्थापना दिवस मनाएको हो ।

होटल पौवाको काठमाडौं शाखाले शंखमुल स्थित गुरुकुल आश्रममा आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ भने होटल पौवा भैरहवा र बुटवलले पौवा परिषरमै बृहत रक्तदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा होटलमा कार्यरत कर्मचारी तथा अन्य सदस्यहरुको सहभागीतामा ५५ युनिट रक्त संकलन गरिएको बुटवल शाखाका म्यानेजर निशान्त खरेलले जानकारी दिए। रक्त सञ्चार सेवा केन्द बुटवलको प्राविधिक सहयोग तथा नियमित रक्तदाता समाज रुपन्देहीसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको खरेलले बताए ।

स्थापना दिवसको अवसरमा भैरहवा शाखाले पनि वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदाता सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५० जना बढीले रक्तदान गरेका छन् ।

त्यसैगरि पौवाको तानसेन शाखाले सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्र तानसेन पाल्पामा रहेका आश्रितहरुलाई खाना खुवाएको छ भने दाङको घोराहीशाखाले जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा रहेक जेष्ठ नागरिकहरुलाई खाना खुवाई खुसी साटासाट गरेको छ ।

होटल पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उता पर्यटकीय राजधानी पोखरामा साहारा अकेडेमी बाल अनाथ आश्रम टुटुङ्गा रहेका आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ भने लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा रहेको पौवाले स्थानीबासीलाई निशुल्क मधुमेह ,उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रक्त परिक्षीण तथा स्वास्थ्य परामर्श शिविर संचालन गरेको छ । बुटवलको केन सेन्टरसँगको सहकार्यमा भालुवाङमा स्वास्थ्य परामर्श शिविर संचालन गरिएको पौवाको भालुवाङ शाखाका प्रबन्ध श्याम न्यौपानेले बताए।

यस्तै पौवाको लमही शाखाले नगर सरसफाई, गुल्मीको रेसुङ्गा शाखाले मन्दिर परिषरको सरसफाई कार्यक्रम तथा गुल्मी अस्पतालमा बिरामीलाई फलफुल बितरण कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ । धनगढी पौवाले नगर तथा शिवपुरि धाम मन्दिर सरसफाई तथा गोरुसिङ्हे शाखाले स्थानीय नगर सरसफाई तथा कर्णाली प्रदेशको जुम्ला शाखाले चन्दननाथ नगरपालिका जुम्ला वाड नम्बर ५ मा रहेका जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गरेर वार्षिकोत्सव मनाएको छ ।

‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मुल नाराका साथ होटल व्यवसाय सुरु गरेको पौवाका नेपालका बिभिन्न शहरहरुमा १२ वटा शाखा संचालनमा रहेका छन् भने नेपालगन्जमा ५ तारे होटल निर्माणको काम धमाधम भइरहेको होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए ।

पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरि २, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १, गण्डकी प्रदेशको पोखरामा १ र बाग्मती प्रदेशको काठमाडौंमा १ शाखा संचालनमा रहेको पौवाका प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिए । गौतमका अनुसार शाखा बिस्तारको लागि, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भैरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित