‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी वल्ड स्कुलमा जीवनउपयोगी उत्प्रेरणात्मक कार्यक्रम

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१३मा रहेको लुम्बिनी वल्ड स्कुलमा जीवनउपयोगी उत्प्रेरणात्मक कार्यक्रम गरिएको छ । कार्यक्रममा विश्व विख्यात आध्यात्मिक मार्गदर्शक, लेखक तथा अभियान्ता, प्रा. डा. इगर ओभोलक्ङोभ जो ‘पत्री प्रभु’ ले प्रबचन दिएका थिए ।
निःशुल्क आयोजना गरिएको प्रबचन कार्यक्रममा बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नरपालिका प्रमुख रामकृष्ण खाँण, पुर्व संघीय संसाद प्रमोद यादव, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतको सहभागीता रहेको थियो ।
प्रबचन कार्यक्रममा बोल्दै मुख्यधार्मिक गुरु इगर ओभोलक्ङोभ जो ‘पत्री प्रभु’ खुुसी जीवन नै पहिलो प्रथमिकता रहेको बताए । उहाले भौतिक सुख भन्दा पनि आध्यामिक सुख बलियो भएको भन्दै यसको लागि सबैले दैनिक कर्ममा ध्यान दिनुपर्ने बताए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष योगेश घिमिरेले अभिभावक, शिक्षक, विद्यार्थीहरुको विचमा सहकार्य जरुरीरहेको भन्दै जीवन विज्ञानको विषयमा जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।
पूर्ण रुपमा निःशुल्क आयोजना गरिएको अभिभावक, स्थानीय, विद्यार्थी लगायतको बाक्लो सहभागीता रहेको थियो । विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद ढकालले यस्तो प्रकृतिको कार्यक्रम पहिलो पटक यो क्षेत्रमा आयोजना गरिएको जानकारी दिदै सिकाई सहितको शिक्षा अवको पहिलो आवश्यकता रहेको बताए।
अत्यन्त व्यस्त जीवनको बाबजुद उपलब्ध थोरै समयलाई पनि कलात्मक रूपमा सदुपयोग गर्दै आमाबुबाहरूले आफ्ना नानीबाबुहरूलाई कसरी सफलतापूर्वक हुर्काउन सकिन्छ भन्ने सटिक सूत्रका साथै व्यस्त जीवनमा आइपर्ने तनावहरूलाई व्यवस्थापन गरेर कसरी आफूमा खुसी ल्याउन सकिन्छ भन्ने जस्ता अत्यन्तै बहुउपयोगी प्रबचत र अन्तरक्रिया कार्यक्रममा समावेश गरिएको प्रधानाध्यापक ढकालले जानकारी दिए ।
आज भन्दा ३ बर्ष पहिला स्थापना भएको यो विद्यालय काठमाण्डौ बाहिरको पहिलो अत्याधुनिक, सुविधा सम्पन्न आधुनिक , प्रविधिमैत्री सिकाई विद्यालय को रुपमा पहिचान स्थापना गरेको छ ।
हाल यो विद्यालयमा नर्सरी देखि कक्षा ९ सम्म अध्यायपन हुदै आएको छ । ८० करोड लागतमा आफ्नै जग्गामा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरी विद्यालयले पठन पाठन सुरुवात गरेको छ । जसमा स्वीमिङ्ग पुल, खेल मैदान, फुटसल ग्राण्ड सहित खेलकुदका सबै गतिविधि गर्न मिल्ने मैदान समेत रहेको छ । विद्यालयमा पूर्णरुपमा बातानुकुलित रुपमा व्यवस्था गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित