‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सियारीलाई पुर्ण सस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गरिदै

भैरहवा । रुपन्देहीको सियारी गाँउपालिकाले पुर्ण सस्थागत प्रसुती सेवायुक्त पालिका घोषणाको तयारीमा जुटेको छ ।

पालिकाले यसै आर्थिक बर्ष भित्र पुर्ण सस्थागत प्रसुती सुेवायुक्त पालिका घोषणाका लागि अभिमुखिकरण समेत शुरु गरिएको छ ।

लुम्बिनी प्रदेश स्वास्थय निर्देशनालयले तयार गरेको पुर्ण सस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिष्चितता सम्बन्धी मापदण्ड २०८० अनुसार काम अगाडि बढाईएको स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए ।

उनले सियारीलाई यसै आर्थिक बर्ष भित्रै पुर्ण सस्थागत प्रसुति सेवायुक्त स्थानीय तह घोषणा गर्न लागिएको बताए ।

स्वास्थ्य मापदण्ड अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिलाहरु कम्तिमा ९० प्रतिशत, दक्ष प्रसुतिकर्मीद्वारा ९५ प्रतिशत सुत्केरी स्वास्थ्य सस्थामा गराएको, घरमा हुने प्रसुती सुन्य र प्रोटोकल अनुसार तीन पटक सुत्केरी जााच कम्तीमा ९० प्रतिशत गराएको सुनिष्चितता भएपछि जिल्ला समन्वय समितिले घोषणा गर्न सक्ने छ ।

सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरे सियारीले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय लगानी सहितको कार्यक्रम गरेका कारण पुर्ण सस्थागत प्रसुती सेवायुक्त पालिका घोषणाको तायरीमा जुट्न सकिएको बताए । उनले सियारी ४ छपियामा १५ सैयाको आधारभुति अस्पताल निर्माणको कामलाई तिव्रता दिएको बताउदै यसको निर्माण पश्चात सियारीवासीले स्वास्थ्य उपचारमा ठुलो सहयोग पुग्ने बताए ।

सियारीले यस अघि १२ हप्ता भित्रमा फोलिकएसिड चक्की, ३ महिना पुरा भएपछि क्यालसियम, आईरन र फोलिकएसिड, जुकाको औषधी खुवाउने र प्रोटोकल अनुसार ८ पटक जाँच, स्थानीय दुईवटा बर्थिङ सेन्टरमा सामान्य प्रसुति सेवा र जटिल खालकालाई रिफर गर्ने गरिन्छ ।

सुत्केरी भएपश्चात पनि उनीहरुलाई प्रोटोकल अनुसार कम्तिमा तीन पटक नर्सिङ स्टाफले स्वास्थ्य परिक्षण गर्ने गर्दछन् ।

सियारी गाँउपालिकाले उपाध्यक्ष सहित सुत्करी भेट तथा पोषण सामग्री वितरण समेत गर्दै आएको थियो ।

सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरे सियारीले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय लगानी सहितको कार्यक्रम गरेका कारण पुर्ण सस्थागत प्रसुती सेवायुक्त पालिका घोषणाको तायरीमा जुट्न सकिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित