रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

आरोमा हस्पिटालिटी द्वारा दिक्षान्त समारोह

बुटवल । गोगीकुटीमा रहेको आरोमा हस्पिटालिटीको आयोजानमा उक्त संस्थामा ६ महिनाको कोर्ष पुरा गरेका विद्यार्थीहरुलाई दिक्षीत गरिएको छ । साझोदी संस्थाको रुपमा रहेको आरक भेन्चर्स प्रालि नेपाल ले युके मा रहेको सिटी एण्ड गिल्र्डस् बाट सम्बन्ध प्राप्त गरी डिप्लोमा लेभलको कुलीनरी आर्टस्को कक्षा सञ्चालन गर्दै आएको छ ।


दक्षित भएका सबै जना विद्यार्थीहरु अहिले नेपालमा स्टार होटलमा जागिर समेत प्राप्त गरिसकेको अध्यक्ष रुपेश बस्यालले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुले प्राप्त गरेको प्रमाणत्रको मान्यता नेपाल सहित विश्वका ८० भन्दा बढि देशमा हुने गरेको छ । डिप्लोमा लेभल टुको कोष पुरा गरेका विद्यार्थीहरुलाई मणिग्रममा एक कार्यक्रम आयोजना गरी प्रमाण पत्र वितरण गरिएको हो ।

कार्यक्रममा सिटी एण्ड गिल्ड्स का साउथ एशीया प्रतिनिधी जयन्त चौहानले विश्वको कुनै पनि स्थानमा यो कोर्ष पुरा गरेका विद्यार्थीहरुलाई १०० प्रतिशत रोजगारीको ग्यारेन्टी भएको बताएका थिए । उनले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै आगामी यात्राको सफलताको कामना समेत व्यक्त गरेका थिए । कार्यक्रममा आरके भेन्चर्सका सिईयो रिशेष केसी, आरोमा हस्पीटालिटीका डाईरेक्टर छवि पाण्डे, अभिभावक दुर्गा थापा, आवेश पौडेल, विकास गौतम लगायतले आ आफ्नो भनाई राखेका थिए ।

६ महिनाको कोर्ष पुरा गरेका बिद्यार्थीहरुले नेपालका स्टार लेभलको होटलमा काम पाउने संभावना सत प्रतिशत नै रहेको हुन्छ । एउटा कोर्षको ३ लाख ५० हजार रुपैयाँ खर्च रहेको छ । जसमा विद्यार्थीहरुले कोर्ष पुरा गरेपछि ईन्टन्सीपको समेत व्यवस्था हुने गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित