३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

आरोमा हस्पिटालिटी द्वारा दिक्षान्त समारोह

बुटवल । गोगीकुटीमा रहेको आरोमा हस्पिटालिटीको आयोजानमा उक्त संस्थामा ६ महिनाको कोर्ष पुरा गरेका विद्यार्थीहरुलाई दिक्षीत गरिएको छ । साझोदी संस्थाको रुपमा रहेको आरक भेन्चर्स प्रालि नेपाल ले युके मा रहेको सिटी एण्ड गिल्र्डस् बाट सम्बन्ध प्राप्त गरी डिप्लोमा लेभलको कुलीनरी आर्टस्को कक्षा सञ्चालन गर्दै आएको छ ।


दक्षित भएका सबै जना विद्यार्थीहरु अहिले नेपालमा स्टार होटलमा जागिर समेत प्राप्त गरिसकेको अध्यक्ष रुपेश बस्यालले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुले प्राप्त गरेको प्रमाणत्रको मान्यता नेपाल सहित विश्वका ८० भन्दा बढि देशमा हुने गरेको छ । डिप्लोमा लेभल टुको कोष पुरा गरेका विद्यार्थीहरुलाई मणिग्रममा एक कार्यक्रम आयोजना गरी प्रमाण पत्र वितरण गरिएको हो ।

कार्यक्रममा सिटी एण्ड गिल्ड्स का साउथ एशीया प्रतिनिधी जयन्त चौहानले विश्वको कुनै पनि स्थानमा यो कोर्ष पुरा गरेका विद्यार्थीहरुलाई १०० प्रतिशत रोजगारीको ग्यारेन्टी भएको बताएका थिए । उनले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै आगामी यात्राको सफलताको कामना समेत व्यक्त गरेका थिए । कार्यक्रममा आरके भेन्चर्सका सिईयो रिशेष केसी, आरोमा हस्पीटालिटीका डाईरेक्टर छवि पाण्डे, अभिभावक दुर्गा थापा, आवेश पौडेल, विकास गौतम लगायतले आ आफ्नो भनाई राखेका थिए ।

६ महिनाको कोर्ष पुरा गरेका बिद्यार्थीहरुले नेपालका स्टार लेभलको होटलमा काम पाउने संभावना सत प्रतिशत नै रहेको हुन्छ । एउटा कोर्षको ३ लाख ५० हजार रुपैयाँ खर्च रहेको छ । जसमा विद्यार्थीहरुले कोर्ष पुरा गरेपछि ईन्टन्सीपको समेत व्यवस्था हुने गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित