‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा स्पेलिङ कन्टेस्ट तथा नृत्य प्रतियोगिता

बुटवल। सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३२औं बार्षिक उत्सवको अवसरमा आज स्पेलिङ कन्टेस्ट सम्पन्न भएको छ । प्रतियोगितामा बिबिएस तेस्रो बर्षका सुर्य बिक,अनिशा पराजुली ,आसिश खडकाको समुह प्रथम भएको छ भने बिएड चौथो बर्षका भुबन पन्थी, कमल खत्री ,निशा थापाको समूह द्वितिय तथा बिबिएस तेस्रो बर्षका सिमान्त क्षेत्री ,मनिषा बेल्बासे, र शिक्षा रास्कोटिको समूह तृतिय भएको सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनालले बताउनुभयो । प्रतियोगितामा १३ टीम सहभागि थिए ।

सो अबसरमा बोल्दै क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले क्याम्पसलाइ शैक्षिक क्षेत्रको धरोहरका रुपमा सिद्धार्थ क्याम्पसको बिकास गर्ने बताउनुभयो । क्याम्पसले चैत्र ६ गते बार्षिकोत्सव मूल समारोहको आयोजना गरेको र सोमबार ११ बजे पत्रकार सम्मेलनको आयोजना गरेको सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले जानकारी दिनुभयो । आजै नृत्य प्रतियोगिता समेत भएको छ सहभागि २५ टीमबाट ११ टीम छनौटमा परेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित