‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्स समापन

बुटवल । बुटवलमा गत सुक्रवार शुरु भएको रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्स आईतबार समापन भएको छ।

३ दिन सम्म चलेको डिष्ट्रिक कन्फ्रेन्समा रोटरीले देशभर संचालन गरेका विभिन्न परियोजना, तिनिहरुले समुदायमा पारेको प्रभाव तथा आगामी कार्यदिशा बारे छलफल गर्दै समापन गरिएको हो।

कन्फ्रेन्समा देशभरीबाट १७ सय बढि रोटरी सदस्य तथा अन्य पाहुनाहरु गरि १८ सय बढिको सहभागिता रहेको थियो। नेपाल सरकारका उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री रघुबिर महासेठले उद्धघाटन गरेको कन्फ्रेन्समा बिभिन्न फरक फरक बिषयका सेशनहरुमा सामाजिक क्षेत्रका अभियान्ता र रोटरी क्लवका अगुवाहरुले सहजीकरण गरेका थिए।

कन्फ्रेन्समा रोटरीको महत्वपुर्ण एक अंगको रुपमा रहेको सदस्यता विस्तार, सर्भिस प्रोजेक्ट, युथ डेभलपमेन्ट, वुमन एण्ड लिडरसिप, पब्लिक ईमेज, ईकोनोमिक डेभलपमेन्ट लगायतका विषयमा छलफल गरिएको डिष्ट्रिक कन्फ्रेन्स कमिटी चेयर एजाज आलमले जानकारी दिए।

कन्फ्रेन्समा रोटरीका पुर्व गभर्नरहरुका अलावा तुरुङग्राम ग्याल्वा रिम्पोछे, चर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेल, गायक प्रमोद खरेल, अफसर अली, गायीका मिलन नेवार, मेनुका पौडेल, मिस नेपाल वल्ड श्रीच्छा प्रधान, पत्रकार टिकाराम यात्री, ब्राण्डिङ एण्ड मार्केटिङ एक्स्पर्ट प्रणाया केसी लगायतले आ आफ्नो क्षेत्रको बिषयमा सहजीकरण गरेका थिए।

कन्फ्रेन्स समापनको अवसरमा विभिन्न क्षेत्रका अवार्ड तथा पुरस्कार वितरण गरिएको थियो। त्यस्तै बर्षभरीमा उत्कृष्ट कार्य सम्पादन गर्ने क्लव, क्लवका अध्यक्ष तथा सचिवहरुलाई पनि पुरस्कृत गरिएको थियो।

कार्यक्रममा दृष्टि बिहिन गायीक मेनका पौडेललाई नगद २५ हजार र मानवसेवा आश्रम बुटवलकी टिका थापालाई नगद १० हजार सहित सम्मान गरिएको रोटरी क्लवका एसिसटेन्ट गभर्नर यादव भण्डारीले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित