दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

यसरी धमाधम भइरहेको छ, सिद्धबाबा सुरुङ मार्गको काम (फोटो फिचर)

  • सिद्धबाबा मन्दिर तर्फ २५ मिटर सुरुङ खनियो
  • बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माण सुरु भएको सुरुङ मार्गले गति लिएको छ ।

    निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिले कामलाई तिब्र बनाएको छ ।

    ठेक्का सम्झौता २ बर्ष अघि भएपनि सुरुङ मार्गको कामले भने माघ पहिलो साता देखि मात्र गति लिएको हो ।

    सिद्धबाबा सुरुङ मार्ग परियोजनाकी ईन्जिनियर सविता ज्ञवालीले अहिले सम्म सिद्धबाबा मन्दिर तर्फको विन्दुमा २५ मिटर सुरुङ खनिएको जानाकारी दिईन ।

    अहिले नेपाली र चिनिया गरी १ सय बढि कामदारले दैनिक सुरुङ मार्गमा काम गरिरहेका छन् । सुरुङ मार्गकै अर्को हेडबक्स तर्फको विन्दुमा भने स्याल्प निर्माणको काम भइरहेको छ । कमजोर चट्टान र बर्षामा आएको बाढिले रिप बगाएपछि अहिले त्यहाँ स्याल्प बनाउन थालिएको हो । उक्त निर्माण सम्पन्न भएपछि त्यहाँ सुरुङ खन्न सुरु गरिने उनले बताईन ।

    ‘अहिले कामको रफ्तार बढि छ । यहि गतिमा काम भए निर्धारित समयमै सुरुङ निर्माण हुनेछ’ उनले भनिन् ।

    सुरुङ निर्माणको कामसँगै चट्टान बग्नबाट जोगाउन ‘रकसेड’ निर्माणको काम समेत भइरहेको छ । माथिबाट खस्ने पहिरो र कडा चट्टानलाई रोक्न ७८० मिटर ‘रकसेड’ निर्माण गरिने उनले बताईन ।

    पाँच वर्षभित्र सुरुङ निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले २०७८ फागुन २५ गते सम्झौता गरेको थियो ।

    १ हजार १ सय २६ मिटर लम्बाइको बन्ने सुरुङमार्गको जोखिम युक्त ठाउंमा प्यानल निर्माण हुनेछ । सुरुङमार्गको विचमा ३ वटा एक्जिट अर्थात बाहिर निस्कने ठाउं समेत बन्नेछ । सुरुङ क्षेत्रमा प्रवेश गर्ने तीन वटा ४३१ मिटरका बाइपास सुरुङ खन्ने काम पनि भइरहेको उनको भनाई छ । आकस्मिक घटना भइहालेमा सोही स्थानबाट उद्धारको काम हुने छ ।

    सुरुङ मार्ग तिनाउं गाउँपालिका वडा नं. २ सिद्धबाबामा रहेको सिद्धबाबा मन्दिरको उत्तरतर्फबाट सुरु भई दोभान नजिकै रामापिथेकस पार्क अथार्त हेडबक्स सम्म बन्नेछ । सुरुङमार्ग सँगै कम्पनीले ९०४ मिटर बुटवलतर्फ र पाल्पातर्फको एक हजार ४९४ मिटर सडक स्तरोन्नति गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
    ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको सिद्धबाबा सुरुङ मार्ग स्विस सरकारको विकास सहयोग मार्फत भौगर्भिक अध्ययन (जियोलोजिकल) सर्र्भे गरिएको थियो ।

    तत्कालिन अर्थमन्त्री रहेको अवस्थामा एमाले नेता विष्णु पौडेलले सुरुङ मार्गका लागि बजेटको सुनिश्चितता गरिदिएका थिए । नेता पौडेलले जोखिम स्थानमा निर्माण भइरहेको सुरुङ मार्ग कुनै पनि बाहानामा रोकिन नहुने र यदि रोकिए त्यसलाई समधान गर्न आफुले अगुवाइ गर्ने बताए ।
    ‘सुरुङ मार्ग निर्माण पछि धेरैले सुरक्षित यात्रा गर्न पाउनेछन् । सुरुङ मार्ग निर्माण पछि यात्रामा जोखिम कम हुनेभएपछि बुटवल र पाल्पाको विकासमा समेत यसले योगदान गर्नेछ’ उनले भने ।

    उनले काम गर्ने क्रममा कुनै पनि अप्ठयारो परिस्थिती आउन नदिन सवैलाई आग्रह समेत गरे । परियोजनाको काम चिनिया कम्पनीले गरिरहेको र काम गर्ने क्रममा हुने स–साना विषयलाई समयमै समधान गरेर अघि बढ्नुपर्ने उनले बताए ।

    सिद्धबाबा क्षेत्रमा यस अघि पहिरो र जोखिम रोक्न विभिन्न विकल्प अगाडि सारिए पनि सफल नभएपछि सुरुङ मार्गको योजना अघि बढेको हो । यस अघि जोखिमयुक्त क्षेत्रमा करोडौं रूपैयाँ खर्च गरेर रकसेट र हाफ टनेल बेन्च कट लगायतका ६ विकल्प प्रयोग गरिएको थियो ।

    वि.स. २०१८ सालदेखि खन्न शुरू गरेको बुटवल–पाल्पा सडकमा २०२८ सालदेखि सवारीसाधनको आवागमन हुन थालेको थियो । सडकमा अहिले दैनिक २ हजार बढि सवारीसाधन यो राजमार्ग हुँदै गुड्छन् । यो राजमार्ग हुंदै पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखांची आवतजावत गर्छन् ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित