भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

देवदह केरवानी माविका पूर्व प्रधानाध्यापक दुर्गादत्त शर्मा विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा एकजना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ। रुपन्देहीको देवदह नगरपालिका-५ स्थित केरवानी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक दुर्गादत्त शर्मा विरुद्ध मुद्दा दायर गरेको हो।

शर्माले स्नातकोत्तर तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी देवदह आदर्श बहुमुखी क्याम्पसको सहायक प्राध्यापक पदमा नियुक्ति लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी विश्वविद्यालयक अनुदान आयोगबाट वार्षिक रुपमा नियमित अनुदान लिने क्याम्पसको सहायक प्राध्यापक पदमा नियु्क्त भएको पुष्टि हुन आएकाले शिक्षक शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको बताए

शर्माले नक्कली स्नातकोत्तर (एम.ए.) तहको शैक्षिक लब्धाङ्क पत्र र प्रमाणपत्रहरु क्याम्पसमा पेश गरी सहायक प्राध्यापकको नियुक्ति लिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको हुँदा उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम सजाय हुन मागदाबी गरिएको आरोप-पत्रमा उल्लेख छ।  शर्मा एक वर्ष अगाडी सेवा निवृत्त भएका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित