‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सिद्धबाबा मन्दिर द्वारा पत्रकार ज्ञवाली र खनाल सम्मानित

बुटवल । महाशिवरात्रीको अवसरमा तिनाउ गाउँपालिका वडा नम्बर ३ पाल्पामा रहेको शिद्धबाबा मन्दिर विकास समितिले दुई जना पत्रकारालाई सम्मान गरेको छ । बुटवलको बुद्ध सामुदायिक टेलिभिजनका समाचार प्रमुख कपिल ज्ञवाली र बुटवल टुडे दैनिक पत्रिकाका उप–सम्पादक कृष्ण खनाललाई नगद सहित सम्मान गरेको हो । शुक्रबार एक विशेष समरोहका विच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शन्तोष कुमार शेरचन सहित कार्यसमितिलेखनाल लाई सम्मान पत्र र नगद सहित सम्मान गरेको हो ।
ऐतिहासिक सिद्धबाबा मन्दिरले नागरिक आवाज अनलाईन र गोरखापत्र ज्ञवाली र कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका खनाललाई सम्मान गरेका हुन । मन्दिरले प्रत्ये बर्ष मन्दिरको विषयमा खोजमुलक समाचार, रिर्पोट बनाउने पत्रकार लाई सम्मान गर्दै आएको छ । पत्रकारद्वय संगै फोटो ग्राफर मिथुन कुँवरलाई पनि नगद सहित सम्मान गरिएको मन्दिर विकास समितिका सदस्य तोया लाम्सालले जानकारी दिए ।
महाशिवरात्रीको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको ऐतिहासिक शिद्धबाबा मन्दिरमा खुल्ला भजन प्रतियोगीता समेत आयोजना गरिएको छ । जसमा पाल्पा र रुपन्देहीका विभिन्न मजन भण्डलीहरुको सहभागीता रहेको हो । प्रतियोगीतमा सहभागीहरुबाट उत्कृष्ठलाई नगद पुरस्कार समेत व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेचरनले जानकारी दिए ।
शुक्रबार मन्दिरमा विहानै देखि भक्तजनहरुको भिडभाड रहेको थियो । निःशुल्क भण्डारा सहित प्रसादी वितरण लगायतका कार्यक्र महशिवात्रीको अवसरमा गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित