‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवलमा आज बरिष्ठ कलाकारहरुको जमघट सहित महाकमेडी विथ महाजात्रा हुदै

बुटवलमा आज सांझ बरिष्ठ कलाकारहरुको साथमा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम हुने भएको छ। बुटवल–१२ रामनगस्थित अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यिन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ आयोजना गरेका हुन्।

महाजात्राका लागि कलाकार हरिवंश आचार्य, राजाराम पौडेल दिपाश्री निरौला, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापा लगायतका कलाकारहरु बुटवल आई पुगेका छन्।

फिल्मको प्रचारप्रसार संगै हास्यव्यंग्य कार्यक्रम प्रत्यक्ष हेर्न चाहने दर्शकसँग साक्षत्कार गर्न बुटवलमा महाजात्रा कार्यक्रम आयोजना गरिएको ‘कमेडी नाइट विथ च्याम्यिन’ का निर्देशक विशाल भण्डारीले बताए।

‘कमेडी क्लब विथ च्याम्पियन गर्दाखेरी काठमाडौँ बाहिरका दर्शकले प्रत्यक्ष रुपमा कार्यक्रम हेर्ने इच्छा देखाएका कारण यो कार्यक्रम गर्दैछौँ’, उनले भने।

महाजात्राका कलाकारहरु राजाराम पौडेलसहित विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का लगायत बुटवलमा बुधबार साँझ ६ बजेदेखि हुने कार्यक्रममा सहभागी हुनेछन्।

निर्माणको तयारीमा रहेको कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्यिन’का अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापाको प्रस्तुती रहनेछ।

टेलिभिजनमा प्रसारण हुने कार्यक्रमकै फर्म्याटमा सो हुने निर्देशक भण्डारीले बताए। महाजात्राको कुराकानीसँगै कलाकारको रोस्ट रहने उनले बताए। पोखराबाट सुरु भएको  ‘महाकमेडी विथ महाजात्रा’ बुटवलपछि २५ गते धनगढीमा हुनेछ। फागुन ३० गते बिर्तामोड, चैत १ गते इटहरी, ३ गते हेटौँडा र ४ गते नारायणगढमा ‘महाकमेडी विथ महाजात्रा’ टोली जानेछ।
कार्यक्रममा सहभागी हुनका लागि खल्ती एप मार्फत टिकट खरिद गर्न सकिने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित