भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

गार्गी एकेडेमीमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण (तस्वीरहरु)

बुटवल। बुटवल–११ देविनगरस्थित गार्गी एकेडेमीमा शुक्रवार सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरिएको छ ।

विधालयका अध्यक्ष रण बहादुर थापाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा बोल्दै उपप्रमुख सावित्रा अर्यालले स्थापनाको छोटा समयमा गार्गीले एकेडेमीले चुमेको सफलताको प्रशंसा व्यक्त गरिन् ।

उनले बुटवलको शैक्षिक विकासलाई राष्ट्रिय स्तरमा पु¥याउन संस्थागत विद्यालयले ठूलो भूमिका खेलेको समेत बताइन । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालका केन्द्रीय सदस्य टिकाराम न्यौपानेले राज्यले देशको शैक्षिक विकासमा संस्थागत विद्यालयहरूले पु¥याएको योगदानको नजरअन्दाज गर्न नहुने बताए । कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले विधालय अभिभावकहरुको माया र सदभावले नैं विद्यालयले छोटो समयमा सफलता हासिल गर्न सफल भएको बताए ।

स्कूलमा अब शैक्षिक क्रियाकलापलाई परिवर्तन गरी पढाउने सोच अघि बढाएको समेत प्राचार्य जानकारी दिए । १३ वर्ष अघि २८७ जना विधार्थीबाट सुरू भएको एकेडेमीमा अहिले २ हजार १०० विद्यार्थी अध्ययनरत रहेको समेत प्राचार्य अधिकारीले जानकारी दिए । कार्यक्रममा विद्यालयका सल्लाहकार राजेन्द्र ढकाल, सञ्चालक जीवन अधिकारी लोकराज शर्मा लगायतले बोलेका थिए ।

सो अवसरमा विद्यालयमा अध्ययन गरी एमबिबिएसमा नाम निकाल्न सफल विद्यार्थी, राष्ट्रिय स्तरको महिला क्रिकेटमा छनौट भएका खेलाडी विद्यार्थी, उत्कृष्ट शिक्षक र कर्मचारीलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा बिधार्थीहरूले विभिन्न गीत नृत्य प्रस्तुत गरी अभिभावक र शिक्षकहरुको मन जितेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका नेपाली बिभाग प्रमुख नवराज न्यौपानले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित