रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप, शव आजै ल्याउने तयारी रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ? पर्यटकको रोजाइमा ‘स्वर्ग जाने बाटो’ भनिने विचित्र गुफा बुटवलमा गोली प्रहारबाट घाइते युवतीको अवस्था स्थिर, चितवनमा उपचार हुँदै                
समाचार :

नवनियुक्त याेजना प्रमुखलाई लुम्बिनीमा स्वागत

लुम्बिनी विकास काेषका नवनियुक्त याेजना प्रमुख अस्मिता भट्टलाई कार्यालयमा स्वागत गरिएकाे छ ।

साेमबार काेषमा आयाेजित एक कार्यक्रमकाबिच लुम्बिनी विकास काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले खादा लगाएर स्वागत गरेका हुन । स्वागत कार्यक्रममा बाेल्दै काेषाध्यक्ष भट्टराईले नयाँ युवाहरूले दत्तचित्त भएर काम गर्ने हाे भने पुरानाले भन्दा धेरै काम गर्न सक्ने बताए ।

नवयुक्त याेजना प्रमुख भट्टसंग ठुलाे अपेक्षा रहेकाे उल्लेख गर्दै लुम्बिनीकाे विकास गर्न टिमवर्क आवश्यक रहेकाे बताए । उक्त अवसरमा सदस्य सचिव सानुराजा शाक्यले नया याेजना प्रमुखलाई स्वागत गर्दै टिमवर्कमा काम गर्ने बताए ।

नवनियुक्त याेजना प्रमुख भट्टले बुद्ध जन्मस्थल लुम्बिनीकाे सेवा गर्ने अवसर प्राप्त भएकाले इमान्दारीतापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरिन । साथै काेषमा कार्यरत कर्मचारीहरूले सहकार्य र सहयाेग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमा निवर्तमान याेजनाप्रमुख एव बरिष्ठ ईञ्जिनियर सराेज भट्टराईले पुराना कुरा विर्सेर आगामी याेजना निर्माण गर्नु पर्ने बताए । उनले नवनियुक्त याेजनाप्रमुख सहकार्य र सहयाेग गर्न तयार रहेकाे बताए ।

प्राविधिक फाँटकाे प्रमुखमा पुरूषहरू मात्रै हावी भइरहेकाे सन्दर्भमा महिला पमुख हन सुखद भएकाे उनकाे भनाई थियाे । कार्यक्रममा काेषका कार्यकारी सदस्य श्याम राेक्का, विश्वराज पाैडेल र कर्मचारीहरूकाे सहभागिता रहेकाे थियाे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित