‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रोटरी क्लब अफ तिनाउ बुटवल द्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

११९ औं रोटरी डेको अवसरमा रोटरी क्लब अफ तिनाउ बुटवलले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुको साथै उनिहरुको दन्त परिक्षण गरेको छ । क्लबले तिलोत्तमाको हाम्रो सगरमाथा आधारभुत बिद्यालयका बालबालिकाको निशुल्क दन्त परिक्षण सहित शैक्षिक सामाग्री वितरण गरेको हो ।
दन्त परिक्षणमा रोटरी क्लब अफ लुम्बिनी स्टारले सहकार्य गरेको थियो भने समाज टेन्टलले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२ का एसिस्टेन्ट गभर्नर यादब भण्डारीले रोटरि क्लव तिनाउ बुटवलले स्वास्थ्य र शिक्षाको क्षेत्रमा खेलेको भूमिका महत्वपूणर् रहेको बताउनुभयो । उहांले क्लबले दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएका समुदायका बालबालिकाहरुले अध्ययन गर्ने हाम्रो सगरमाथा आधारभुत विद्यालयमा गरेको निरन्तर सहयोगले बालबालिकाहरुलाई विद्यालय सम्म पुग्न प्रेरित गर्दै आएको बताउनुभयो ।
पछिल्लो समय बजारमा प्याकेटमा तयार गरि राखिएका खाना खाजाका कारण बालबालिकाहरुको स्वास्थ्यसंगै दाँतमा किरा लाग्ने, कमजोर हुने जस्ता समस्या देखिने गरेकोले यस्ता शिविरले दांतको नियमित सरसफाई र सुरक्षाका लागि सचेत बनाउने बताउनुभयो । कार्यक्रममा क्लबका एडभाईजर एवं डिस्ट्रिक कन्फ्रेन्स कमिटि चेयर एजाज आलम, रोटरी डे सेलिब्रेसन कमिटि चेयर राजेन्द्र ढकाल लगायतले रोटरी क्लब अफ तिनाउ बुटवलले गर्दै आएका कामहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो।
कार्यक्रम क्लबका अध्यक्ष अमृता भुषालको अध्यक्षता, सचिव अनिता भुषालको संचालन तथा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष धु्रव कोइरालाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित