‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवलका नेवार समुदायले मनाए भिमसेन जात्रा

बुटवलमा बसोबास गर्ने नेवार समुदायहरुले बुधबार भिमसेन भगवानको रथारोहण गरेको छ । भाषा, संस्कृति झिगु पौरख, नेपाल सम्वत राष्ट्रिय गौरव नारासहित भिमसेन नेवा समाजको आयोजनामा नेवारहरुको ईष्ट देवता भिमसेन भगवानको रथारोहण गरि बजार परिक्रमा गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले उद्घाटन गर्दै संस्कृति नै पहिचान भएको भन्दै यसको संरक्षण गर्न जरुरी रहेको बताए । बुटवलमा बसोबास गर्ने नेवार समुदायहरु केवल ब्यापार ब्यवसायमात्र नभई समुदायमा गरेका गतिविधिहरुका कारण चिनिदै आएको उनले बताए ।

कार्यक्रममा समाजका अध्यक्ष सहदेव श्रेष्ठले संस्कृतिको धनी नेवार समुदायहरु बिचमा एकतावद्घ भई संस्थागत विकास गर्न आफुहरु लागेको बताए । भिमा एकादशीको दिन भिमसेन भगवानको पुजा गर्ने, जाग्राम बसेर द्वादशीका दिन भिमसेन भगवानलाई रथारोहण गर्ने प्रचलन रहेको उनले बताए । संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्यलाई जोगाउन आफुहरु निरन्तर विविध कार्यक्रम गर्दै आएको उनले बताए ।

बुटवलका १८ वटा खल, पुच र गुठीका सदस्यहरुको सहभागितामा भिमसेन भगवानको रथलाई घुमाईएको हो । ज्योतिनगर भिमसेन मन्दिरबाट वडा नं १ को जलबिनायक हुँदै ज्योतिनगर, बजार क्षेत्रमा समेत घुमाइएको उनले बताए । भिमसेन नेवा समाजमा हाल २४७ जना आजिवन सदस्य र २५ जना साधारण सदस्यहरु छन । वि.सं. २०६७ सालमा स्थापना भएर निरन्तर जात्रा गर्दै आएको छ । प्रत्येक वर्ष विशेष पुजा गरी रथ निकाल्दै आएको उनले बताए ।

कार्यक्रममा गुठीका सल्लाहकार विमल बहादुर शाक्य, बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष विष्णु ढकाल, वडासदस्य हरि नारायण मिश्र, पवित्रा श्रेष्ठ, अमृत खड्का, रतिमाला बिक, समाजका संस्थापक अध्यक्ष लोकमान श्रेष्ठ, नेवा पुचका काजिमान श्रेष्ठ, अर्घाखाँची नेवा समाजका अध्यक्ष बाबुराम श्रेष्ठ, नेवा संस्कृति समाजका लक्ष्मीप्रसाद श्रेष्ठ, तिलोत्तमा मैजु खलका अध्यक्ष मिलन श्रेष्ठ, नेवा समाज १–३ का अध्यक्ष सुवेन्द्रमान श्रेष्ठ, समाजसेवी मानकाजी श्रेष्ठ, समाजका वरिष्ठ उपाध्यक्ष गोपाल श्रेष्ठ, समाजका सचिव विष्णु श्रेष्ठ भिमसेन जात्राको महत्वबारे प्रकाश पारेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित