‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा विवाद

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा विवाद देखिएको छ । समितिको २३ औँ साधारणसभा तथा १३ औँ अधिवेशनमा सर्वसम्मतिको नाममा ३ जना पूर्व अध्यक्षले आर्थिक अनियमितता गरेकालाई नै नेतृत्व हस्तान्तरण गरेको भन्दै असन्तुष्टि देखिएको हो ।

असन्तुष्ट पक्षले समितिको प्रधान कार्यालय बुटवलको मूल गेटमा पत्रकार सम्मेलन गर्दै पूर्व अध्यक्ष अर्जुन रानाभाटको संयोजकत्वमा बनेको समितिले षड्यन्त्रपूर्वक एकलौटी रुपमा आर्थिक अनियमितता गरेका टीकाराज गौतमलाई नेतृत्व हस्तान्तरण गरेकोमा आपत्ति जनाएको हो ।

निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की र निवर्तमान उपाध्यक्ष गणेश घिमिरे लगायतको समूहले पूर्वअध्यक्षहरुको नेतृत्वमा गठित समितिले कार्यसमिति भित्रका इमानदार र स्वच्छ छवि भएका व्यक्तिलाई निर्वाचित गराउनुपर्नेमा व्यवसाय छाडिसकेका र विभिन्न विवादमा परेका व्यक्तिलाई अध्यक्ष मनोनीत गरी एकलौटी गरेको र यो निर्णयमा निवर्तमान कार्यसमितिमा रहेका बहुमत सदस्य व्यवसायीहरु विरोधमा रहेको दाबी गरेका छन् ।

मनोनीत गरिएका गौतमले आर्थिक हिनामिना गरेको निवर्तमान उपाध्यक्ष प्रतापबहादुर कार्कीको आरोप छ । निवर्तमान उपाध्यक्ष घिमिरेले नियम विपरीत फाइलहरु खडा गर्ने, संस्थाको रकम आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने लगायतका अनैतिक कार्यमाथि छानबिन हुनुपर्ने माग गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित