‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

जीवी राई संलग्न सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापकविरुद्ध उजुरी दिन प्रहरीको आह्वान

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ गरेसँगै प्रहरीले बचतकर्ता र शेयर सदस्यहरूलाई निवेदन दिन आह्वान गरेको छ।

बचतकर्ताको सवा अर्ब रकम अपचलन गरेको उजुरीका आधारमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईँ पाण्डेयलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ केही दिनअघि पक्राउ गरेको थियो।

ईलाका प्रहरी कार्यालय, बुटवलले एक सूचना जारी गर्दै सहकारीमा जम्मा गरेको प्रमाणसहित निवेदन दिन बचतकर्ता र शेयर सदस्यहरूलाई आग्रह गरेको छ।

‘सहकारीका सदस्य र बचतकर्तालाई बचत पासबुक, शेयर प्रमाणपत्र, बालबालिका भए जन्मदर्ताको प्रमाणपत्रसहित इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिन आग्रह गरिन्छ’, सूचनामा भनिएको छ।

सुप्रिमका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीवी) राई र संस्थापक सचिव दीपेश पुन हुन्। जीवी सहकारी ठगीमा फरार छन्। उनको खोजीका लागि प्रहरीले इन्टरपोल मार्फत डिफ्युजन नोटिससमेत जारी गरिसकेको छ।

सुप्रिम सहकारीबारे लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले अध्ययन गरेर प्रतिवेदन बुझाएको थियो। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले पक्राउ परेका दुवै जनामाथि अनुसन्धान जारी रहेको बताए।

‘अहिले अनुसन्धान भइरहेको छ। बचकर्ता र शेयर सदस्यहरूलाई प्रमाणसहित निवेदन दिन भनेका छौँ। निवेदन कति आउँछन् हेरौं’, उनले भने।

सुप्रिममा दश हजार ३ सय ९१ बचतकर्ताको एक अर्ब ७ करोड ८२ लाख रुपैयाँ बचत रहेको खुलेको छ। रजिष्ट्रारको प्रतिवेदनमा सहकारीबाट जीवीको पाँच कम्पनीलाई ७८ करोड ५० लाख ऋण निकालेको उल्लेख छ।

प्रतिवेदन अनुसार ग्यालेक्सी टिभीको माउ संस्था गोरखा मिडिया नेटवर्क प्रालिको नाममा १२ करोड १४ लाख, जीवी ग्रुप एण्ड कम्पनीमा करोड ९९ लाख ५९ हजार, स्प्रिङ उड रियल स्टेट हाउजिङमा १८ करोड २१ लाख, नेचर नेस्ट प्रालिको नाममा दुई करोड ८९ लाख ऋण निकालेको देखिएको छ।

जीवीको नाममै ६ करोड २० लाख रूपैयाँगरि ७८ करोड ५० लाख निकालेको प्रतिवेदनमा उल्लेख छ। ऋणको ब्याज समेत जोड्दा जीवीको नाममा ८७ करोड ६९ लाख रुपैयाँ देखिएको छ।

सुप्रिममा दुई वर्षदेखि समस्या देखिएको थियो। सहकारीले बचतकर्ताहरूको रकम फिर्ता नगरेपछि विवाद बढेको थियो। सुप्रिमको विवाद पहिला सार्वजनिक भए पनि जीवी समूह संलग्न पोखराको शुर्यदर्शन सहकारीको मुद्दा पहिला अदालतमा पुगेको थियो।

पछि सानो पाइला, सहारा लगायतका सहकारीको बदमासी सार्वजनिक भएको थियो। चितवनको सहारा सहकारीबारे पनि चितवन प्रहरीले अनुसन्धान सुरु गर्दै उजुरीको आव्हान गरिसकेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित