‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

दीप गायन ताराको उपाधि रिदिमा सिंजालीलाई

रुपन्देहीको बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित एघारौँ अन्तर मा. वि. दीप गायन तारा प्रतियोगतामा रिदिमा सिंजाली मगर दीप गायन तारा बनेकी छन् । उनी न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा हुन् । रुपन्देही जिल्लाका कक्षा १२ सम्म अध्ययन गर्ने विभिन्न विद्यालयका ४४ जना प्रतियोगीहरूलाई पछि पार्दै उनी दीप गायन तारा बन्न सफल भएका हुन् ।

प्रतियोगिताको छनोट चरणमा फागुन ४ गते ४५ जना प्रतिस्पर्धीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए भने उक्त प्रतिस्पर्धाबाट २० जना प्रतियोगीहरू अन्तिम प्रतिस्पर्धाका निम्ति छनोट भएका थिए । प्रतियोगिताको अन्तिम चरणमा प्रतियोगीहरूले ट्रयाकसहित गीत प्रस्तुत गरेका थिए । जसमध्ये ग्रीन प्लान्ट बोर्डिङ सेकेन्डरी स्कुलका विशेष भुर्तेल द्वितीय, अक्सफोर्ड मा.वि.की दीक्षा कुँवर तृतीय, स्कलर्स होम बोर्डिङ सेकेन्डरी स्कुलकी रेनुका सुनार र इन्टेलेक्चुअल एकेडेमीकी निहारिका ढुङ्गानाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले दीप गायन तारा प्रतियोगिता जिल्लाकै नमुना कार्यक्रम रहेको र यस कार्यक्रमले राष्ट्रिय कलाकार जन्माउने प्लेटफम प्रदान गरेकोमा प्रशंसा गरिन ।

उनले पठनपाठनका सन्दर्भमा अभिभावकको मन जित्न सफल भएकोमा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र शिक्षकहरूलाई धन्यवाद दिईन । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले दीप बोर्डिङले विद्यार्थीको गायन प्रतिभा प्रस्फुटन गर्न दीप गायन तारा प्रतियोगिता निरन्तर रुपमा एघारौँ वर्षसम्म सञ्चालन गरिरहेकोमा प्रशंसा गर्दै आगामी दिनमा यस विद्यालयले यस्तै थप रचनात्मक कार्यक्रम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा परिक्षा शाखा अधिकृत बाबुराम भण्डारी, समाजसेवी वेदप्रसाद पन्थ, सयपत्री क्याम्पस कपिलवस्तुका क्याम्पस प्रमुख वासु घिमिरे, विद्यालयका प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, विष्णुमाया श्रेष्ठ, लेखा प्रमुख रेखा श्रेष्ठलगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा सङ्गीतकार नारायण थापा, गायक वसन्त श्रेष्ठ, सङ्गीतकार मनोज खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रम संयोजक बालकृष्ण पाठकले धन्यवाद मन्तव्य ब्यकणत गरेका थिए भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय र विजय सापकोटाले संयुक्त रूपमा गरेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित