‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

होराइजन गौतमबुद्धमा खेलकुद तथा पुरस्कार वितरण सप्ताह

रुपन्देहीको तिलोत्तमा–१ स्थित होराइजन गौतमबुद्ध माविमा शुक्रबारदेखि खेलकुद तथा पुरस्कार वितरण सप्ताह सुरु भएको छ । तिलोत्तमा नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले भलिबल खेलको उद्घाटन गर्दै खेल सप्ताहको शुभारम्भ गरे ।
पहिलो दिन शुक्रबार भलिबल, बास्केटबाल तथा कबड्डी प्रतियोगितामा विद्यार्थीहरूबिच प्रतिस्पर्धा भएको छ । बास्केटबलमा एडिल थापाको समूह प्रथम, रोसन पाण्डेको समूह द्वितीय भएको बास्केटबल संयोजक खेमराज रिजालले जानकारी दिए । कपड्डी छात्रतर्फ जगत शाही ढकुरीको समूह प्रथम र अस्विन चौधरीको समूह द्वितीय भएका छन् । कपड्डी छात्रातर्फ कृपा मल्ल ठकुरीको समूह प्रथम भएको खेल संयोजक अरूण कृष्ण घिमिरेले जानकारी दिए ।
यसैगरी शनिबार कोर्ड वर्क, फुटबल, दुई सय मिटर दौड तथा चित्रकला प्रतियोगिता आयोजना गरिने विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी दिए । विद्यालयका विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने खेल सप्ताह अन्तरगत आइतबार ब्याडमिन्टन, टेबल टेनिस र हाजिरी जवाफ प्रतियोगिता गराइने तयारी भएको सहायक क्याम्पस प्रमुख इन्द्र भुसालले जानकारी दिए । कक्षा ११र १२ का विद्यार्थीलाई विभिन्न समूहमा तथा विभाजन गरी अन्य प्रतियोगिताहरु समेत आयोजना गरिएको छ । फागुन ७ गते मूल समारोहको आयोजना गरी प्रतियोगिताका विजेता विद्यार्थीहरु तथा विद्यालयका अन्य शैक्षिक कार्यक्रमहरुमा समेत उत्कृष्ट बन्न सफल विद्यार्थीलाई मूल समारोहमा पुरस्कार वितरण गरिने जनाइको छ ।
शुक्रबार खेल सप्ताहको शुभारम्भ गर्दै तिलोत्तमा नगरका शिक्षा शाखा प्रमुख आचार्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले प्रतियोगिता सफलताको कामना ब्यकत गरे ।
होराइजन गौतमबुद्ध मा.वि नेपालमै क्षेत्रमै छुट्टै पहिचान बनाउन सफल विद्यालय भएको हुदा शैक्षिकसँगै अतिरिक्त गतिविधिहरुमा समेत आफूलाई अब्बल बनाउन सप्ताहव्यापी खेल महोत्सव आयोजना गरिएको प्राध्यापक डा.नारायण पन्थले उल्लेख गरे । कार्यक्रममा विज्ञान संकाय इन्चार्ज प्रदिप अर्याल, रूद्ध भुसाल, डा.मुरारी पराजुलीलगायतले खेलका माध्यमले विद्यार्थीको शारिरिकसँगै बौद्धिक क्षमताको विकास गर्न सकिने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित