‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालको ११४ औं वार्षिकोत्सव: विधिविध कार्यक्रम गरी मनाइँदै

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले विविध अतिरिक्त क्रियाकलापसहित ११४ औं वार्षिकोत्सव मनाउने भएको छ । अस्पतालमा वार्षिकोत्सव कार्यक्रम अन्तरगत शुक्रबारदेखि अतिरिक्त क्रियाकलाप सुरु भएको छ ।

पहिलो दिन आयोजित कविता बाचन प्रतियोगितामा सरिता बस्याल प्रथम हुन सफल भएकी छन् । यसैगरी विजय आचार्य द्वितीय, सुभद्रा अर्याल तृतीय तथा ज्योती पौडेलले सान्त्वमा स्थान हासिल गरिन् । अस्पतालमा कार्यरत चिकित्सक, स्टाफनर्श, विभिन्न विभागमा कार्यतर स्वाथ्यकर्मी तथा कर्मचारीको सहभागितामा कविता बाचन प्रतियोगिता सम्पन्न भएको हो । अस्पताल, स्वास्थ्य सेवा तथा सचेतना सम्बन्धी कविता बाचन प्रतियोगिामा १२ जनाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका संयोजक तथा अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले कविताको माध्यमबाट प्रतिभाहरुको पहिचान गर्ने अवसर समे प्राप्त भएको उल्लेख गरे ।

प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले अतिरिक्त क्रियाकलापको माध्यमबाट सेवा प्रदानमा थप उर्जा प्रदान गर्ने दाबी गरे । सधै सेवाग्राहीसँग व्यवस्त हुने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अस्पतालमा सञ्चालन गरिएको अतिरिक्त कार्यक्रमले उनीहरुलाई सेवाप्रति थप जिम्मेवार, प्रतिवद्ध र उर्जाशिल बनाउन टेवा पुग्ने अपेक्षा गरिएको उल्लेख गरे ।

वार्षिकोत्सवको कार्यक्रम अन्तरगत शनिबार फुटबल प्रतियोगिता आयोजना गरिएको छ । अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु बीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको खेलकुद संयोजक डा. रमेश अर्यालले जानकारी दिए । विभिन्न विभागका गरी ५ समूहले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । बुटवल–१२ रामनगस्थित नेपाली सेनाको गणुदल गणको खेलमैदानमा फुटबलसँगै भबिलसमेत अयोजना गरिएको संयोजक अर्यालले जानकारी दिए । यसैगरी खेल गतिविधि अन्तरगत फागुन १२ गते शनिबार क्रिकेट तथा म्याराथन प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए । अस्पतालले यही फागुन १५ गते ११४ औं वार्षिक साधारणसभाको मूल समारोह गर्ने भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित