रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

ज्ञानगंगा पाठशालामा सरस्वती पूजा र अभिभावक म्याराथुन दौड सम्पन्न

 

रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ अवस्थित ज्ञानगंगा पाठशालामा सरस्वती पूजा कार्यक्रमको अवसरमा अभिभावक म्याराथुन दौड प्रतियोगिता एक समारोहका बिच सम्पन्न भएको छ ।

करिब ११ सय विद्यार्थीलाई वसन्त पञ्चमी तथा श्रीपञ्चमीको पावन अवसरमा विद्यालयमा सरस्वती पूजामा सरिक गराइएको थियो। सो अवसरमा विद्यालयका अभिभावकलाई समेत खेलकुद क्रियाकलापमा सक्रिय रहँदा स्वास्थ्यलाई सकारात्मक फाइदा पुग्ने उद्देश्यले म्याराथुन दौड प्रतियोगिता गराइएको विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपानेले जानकारी दिए ।

२७ जना पुरुष अभिभावक र ५८ जना महिला अभिभावकलाई दौड प्रतियोगितामा प्रमुख अतिथि संघीय सांसद माननीय बासुदेव घिमिरेले जर्सी प्रदान गरे। स्वास्थ्य नै मानव जीवनको धन हो भन्दै घिमिरेले उपस्थित अभिभावकलाई हौसला प्रदान गरे ।

दौड प्रतियोगितामा विजयी हुने पुरुष र महिलातर्फका अभिभावकलाई पुरस्कार तथा मायाको चिनो फागुन ७ गते विद्यालयको वार्षिक उत्सव तथा शैक्षिक महोत्सवमा गरिने विद्यालयका प्राचार्य चन्द्र अधिकारीले बताए ।

सरस्वती पूजाको अवसरमा विद्यार्थी तथा अभिभावकको घुइचो लाग्नुका साथै अक्षरारम्भ गर्ने उमेर समूहका ९४ जना नानीबाबुहरुको भर्ना भएको विद्यालयका सहप्राचार्य केशवराज पन्तले बताए ।

अभिभावक लगायत विद्यार्थीका अनेक क्रियाकलाप फागुन ७ गते प्रस्तुत गर्ने कार्यक्रम तय भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रोकाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित