३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

ज्ञानगंगा पाठशालामा सरस्वती पूजा र अभिभावक म्याराथुन दौड सम्पन्न

 

रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ अवस्थित ज्ञानगंगा पाठशालामा सरस्वती पूजा कार्यक्रमको अवसरमा अभिभावक म्याराथुन दौड प्रतियोगिता एक समारोहका बिच सम्पन्न भएको छ ।

करिब ११ सय विद्यार्थीलाई वसन्त पञ्चमी तथा श्रीपञ्चमीको पावन अवसरमा विद्यालयमा सरस्वती पूजामा सरिक गराइएको थियो। सो अवसरमा विद्यालयका अभिभावकलाई समेत खेलकुद क्रियाकलापमा सक्रिय रहँदा स्वास्थ्यलाई सकारात्मक फाइदा पुग्ने उद्देश्यले म्याराथुन दौड प्रतियोगिता गराइएको विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपानेले जानकारी दिए ।

२७ जना पुरुष अभिभावक र ५८ जना महिला अभिभावकलाई दौड प्रतियोगितामा प्रमुख अतिथि संघीय सांसद माननीय बासुदेव घिमिरेले जर्सी प्रदान गरे। स्वास्थ्य नै मानव जीवनको धन हो भन्दै घिमिरेले उपस्थित अभिभावकलाई हौसला प्रदान गरे ।

दौड प्रतियोगितामा विजयी हुने पुरुष र महिलातर्फका अभिभावकलाई पुरस्कार तथा मायाको चिनो फागुन ७ गते विद्यालयको वार्षिक उत्सव तथा शैक्षिक महोत्सवमा गरिने विद्यालयका प्राचार्य चन्द्र अधिकारीले बताए ।

सरस्वती पूजाको अवसरमा विद्यार्थी तथा अभिभावकको घुइचो लाग्नुका साथै अक्षरारम्भ गर्ने उमेर समूहका ९४ जना नानीबाबुहरुको भर्ना भएको विद्यालयका सहप्राचार्य केशवराज पन्तले बताए ।

अभिभावक लगायत विद्यार्थीका अनेक क्रियाकलाप फागुन ७ गते प्रस्तुत गर्ने कार्यक्रम तय भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रोकाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित