‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

दीप बोर्डिङमा दीप बाल उद्यानको उद्घाटन

रूपन्देहीको बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कुलमा नवनिर्मित दीप बाल उद्यानको सरस्वती पूजनका दिन बुधबार उद्घाटन गरिएको छ ।

खास गरी बालकक्षा र नर्सरीका विद्यार्थीलाई खेलकुदसँगै रमाइलो वातावरणमा शिक्षण सिकाइ क्रियाकलापलाई सघाउ पु¥याउने उद्देश्यले निर्माण गरिएको उक्त उद्यानको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले ढोकाको ताल्चा खोली रिबन काटेर उद्घाटन गरे ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाई, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्यहरू ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्यसहित अभिभावकहरूको सहभागिता रहेको चियो ।

यसैबिच विद्यालयमा वसन्तपञ्चमी तथा श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा अर्चनाका साथै विद्यालयमा भर्ना गराउन ल्याइएका ससाना नानीबाबुहरूको अक्षरारम्भ गरी हर्षोल्लासका साथ मनाइएको छ ।

तिलोत्तमा–१, नयाँमिलस्थित दुर्गा वैदिक संस्कृत विद्यापीठमा अध्ययनरत संस्कृत विषयका पाँच जना वटुकद्वारा वैदिक मन्त्रोच्चारण र स्वस्ति शान्ति गरी शास्त्रीय विधिसहित पूजा आरम्भ गरिएको थियो । पूजामा विद्यालयका तर्फबाट उपप्राचार्य कलाधर अर्यालले प्रतिनिधित्व गर्नुभएको थियो भने पूजाको नेतृत्व विद्यालयका शिक्षक एवम् नेपाली विषय समिति प्रमुख बालकृष्ण पाठकले गर्नुभएको थियो । सरस्वती पूजाका निम्ति विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, विद्यालयका प्राचार्यसहित शिक्षक शिक्षिका, विभिन्न फाँट र तहगत संयोजकहरू, कर्मचारी, विद्यार्थी र अभिभावक वर्गको उल्लेख्य उपस्थिति रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित