‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवलमा भोली देखि प्रथम अन्तर विद्यालय लोकनृत्य

बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६५ औं स्थापना दिवसको अवसर पारेर भोलीदेखि दुई दिने प्रथम अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता गर्ने भएको छ । संस्कृति संरक्षण गर्दै सामाजिक एकता, मनोरञ्जन र उत्सवको रूपमा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा बुटवल भित्रका ४४ सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
प्रतियोगिता बुटवल उपमहानगरपालिकाको परिसरमै हुनेछ । प्रतियोगितामा प्रथम हुने विद्यालयले १ लाख, द्धितीय हुनेले ६० हजार, तृतीय हुनेले ३० हजार नगद र प्रमाणपत्र पाउनेछन । ‘लोकनृत्य समाजको सांस्कृतिक समृद्धि जीवित प्रमाण हो’ मेयर पाण्डेयले भने, ‘जसले संस्कृतिको संरक्षण, सामाजिक एकता, पहिचानको अभिव्यक्ति, मनोरञ्जन र उत्सवको भूमिका खेल्दछन ।’ लोकनृत्य प्रतियोगितामा ५ हजार बढी अवलोकन गर्ने कार्यक्रम संयोजक नारायण पुनले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित