कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

ज्ञानगंगा पाठशालामा खेल सप्ताह सुरु

तिलोत्तमा ४ स्थित ज्ञानगंगा पाठशालामा बिद्यार्थी हरुको सर्वपक्षिय विकासका लागि खेलकुद सप्ताह शुरु भएको छ ।

विद्यालयले आयोजना गरेको बृहत् शैक्षिक महोत्सव अन्तर्गत आयोजना गरिएको खेल सप्ताहको विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषिराम पाण्डेले उदघाटन गरे।

माघ २८ देखि फल्गुन १ गते सम्म हुने खेल सप्ताहमा विद्यालयमा अध्यनरत १०५० विद्यार्थीको पुर्ण सहभगिता रहने अतिरिक्त क्रियाकलाप संयोजक राजेश रोकाले बताए।

विद्यालयले सम्पुर्ण विद्यार्थी हरुको पुर्ण सहभगिता रहने गरि फाल्गुन ७ गते सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि बृहत् शैक्षिक महोत्सव आयोजना गरिएको प्राचार्य चन्द्र अधिकारीले जानकारी दिए ।

विद्यार्थीहरु लाई पुर्ण सहभागी हुने र आफ्नो प्रतिभा प्रदर्शन गर्न उत्सहित गराउदै महोत्सव अन्तर्गतका विभिन्न कार्यक्रम हरुमा अभिभावक हरुको समेत उल्लेख्य सहभागिता रहने प्राचार्य अधिकारीले बताए।सो अवसरमा विद्यालयका प्रवन्ध निर्देशक युवराज न्यौपाने, शिक्षक कुलचन्द्र पुरी लगायतले मन्तव्य राख्दै विद्यार्थीको सर्वाङगीण विकासका लागि खेलकुद पनि महत्वपूर्ण पाटो भएकाले विद्यालयले हरेक वर्ष खेल सप्ताहलाई निरन्तरता दिएको बताए । खेल सप्ताह फागुन १ गतेसम्म चल्ने छ भने फागुन २ गते सरस्वती पुजा संगै अक्षरारम्भ अभिभवक म्यारथन दौड प्रतियोगिता ३ गते किड्स फेसिटबल,४ गते कल्चरल फेस्टिबल,५ गते जिल्लास्तरीय अन्तर मा वि अन्डर १६ ब्याडमिन्टन प्रतियोगिता र ७ गते खाना महोत्सव,विज्ञान प्रदर्शनी,चित्रकला प्रदर्शनी र पुस्तक प्रदर्शनी सहित विद्यालयको १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् शैक्षिक महोत्सव समापन समारोह समारोह मनाइने कार्यक्रम रहेको समेत विद्यालयले जानकारी गराएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित