‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

भ्यालेन्टाइन डेमा प्रेमीलाई दिन सकिने यी उपहार

फेब्रुअरीको महिना प्रेमिल जोडीका लागि निकै विशेष हुन्छ । यो महिनाभित्र भ्यालेन्टाइन सप्ताह पर्छ, जसमा जोडीले एकअर्काप्रति आफ्नो प्रेम दर्शाउँछन् ।

कतिपयले भन्ने गर्छन्, ‘प्रेम दर्शाउन दिवस चाहिँदैन, यो जहिलेतहिले दर्शाउन सकिने भावना हो ।’

तर, भ्यालेन्टान डे मान्नेहरू यो एक सन्दर्भमा भएकाले विशेष रूपमा मनाउनुलाई अस्वाभाविक मान्न नहुने बताउँछन् । भ्यालेन्टाइन डे मनाइनुपछाडिको कथाबारे पढ्न यहाँ क्लिक गर्नुहोस् ।

भ्यालेन्टाइन्स डेमा प्रेमीप्रेमिकाबीच उपहार आदनप्रदान गरेर प्रेम दर्शाउने गरिन्छ । पसलेहरूको भनाइमा सामान्यतः केटाहरूभन्दा बढी केटीहरू प्रेमीलाई उपहार के दिने भन्नेमा बढी वैमनस्यमा परेको पाइन्छ । उसो त, गिफ्ट नगर्दाचाहिँ प्रेम दर्शाउन नसकिने होइन । तर, धेरैले उपहार दिन मन पराउने गरेको पाइन्छ ।

यदि तपाईं पनि आफ्ना प्रेमीलाई के उपहार दिने भन्ने सोचिरहनुभएको छ भने यी गिफ्टहरू दिन सक्नुहुन्छ ।

पर्स (वालेट) 

प्रेमीलाई गिफ्ट दिन वालेट राम्रो विकल्प हो । किनकि यो केटाहरूको दैनिक प्रयोगमा आउँछ । तपाईंले दिएको यो उपहार उनले सधैँ आफ्नो साथमा लिएर हिँड्छन् । अनि यसको प्रयोग गर्दा उनले तपाईंलाई याद गर्छन् ।

सनग्लासेस 

सनग्लासेस पनि केटाहरूलाई निकै मनपर्ने उपहार हो । यसमा तपाईंको प्रेमी कुल देखिन्छन् । त्यसैले सनग्लासेस गिफ्ट दिनु पनि राम्रै हुन्छ ।

जुत्ता

अक्सर केटाहरू जुत्ताको कलेक्सन निकै रुचाउँछन् । राम्रो र आकर्षित जुत्ता लगाउने धेरै केटाहरूको चाहना हुन्छ । यस्तोमा तपाईं पनि उसलाई राम्रो जुत्ताको पेयर दिन सक्नुहुन्छ । यो लगाउँदा उसलाई तपाईंको याद पक्कै आउनेछ ।

स्मार्ट वाच

यसपालि भ्यालेन्टाइन्स डेमा तपाईं आफ्नो प्रेमीलाई स्मार्ट वाच पनि गिफ्ट गर्न सक्नुहुन्छ । बजारमा धेरै खालका स्मार्ट वाच सुलभ दाममा पाइन्छ । बजारसम्म जान झन्झट लागेको भए घरमै बसेर अनलाइन अर्डर गर्न सक्नुहुन्छ ।

ब्लूटुथ स्पिकर 

तपाईंको प्रेमी म्युजिकलभर हुन् भने त झन् अरु विकल्पतिर लाग्दै नलाग्नुस् । यही हो मौका, उनलाई कुनै राम्रो कम्पनीको ब्लूटुथ स्पिकर गिफ्ट गर्नुहोस् । पछि तपाईं पनि उनीसँग बसेर स्पिकरमा गीत सुन्न सक्नुहुन्छ ।

एयरपड्स 

अचेल एयरपड्स पनि चल्तीको गिफ्टमध्ये एक हो । यो पहिलाजस्तो महँगो पनि छैन । राम्रो कम्पनीको एयर पड्स छानेर आफ्नो प्रेमीलाई भ्यालेन्टाइन्सको अवसरमा गिफ्ट गर्न सक्नुहुन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित