‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

एमाले रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालका मेसुलाई बुझायो ज्ञापन पत्र

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा. सुर्दशन थापाले अदालतको आदेश पालना नगरी अध्यक्षलाई पुर्न बाहली नगरेको भन्दै नेकपा एमाले रुपन्देहीले डा. थापालाई ज्ञापन पत्र बुझाएको छ ।

तत्कालिन मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठलाई हटाउन सरकारले अस्पताल गठन आदेश खारेज गरेको थियो । त्यसपछि प्रदेश भरका ६ अस्पतालका अध्यक्षहरु रिट सहित सर्वोच्च पुगेका थिए ।

त्यहि बीचमा हालका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले अस्पतालको अध्यक्षमा जीवन वझालाई नियुक्त गरेको थियो । तर सर्वोच्चले पुरानै निर्णय कार्यान्वयन गर्नु/गराउनु भनेपनि अध्यक्षमा पुर्नबाहली हुनुपर्ने अजयमान श्रेष्ठलाई मेसु थापालाई असहयोग गरेको भन्दै एमाले पार्टीले ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण भएको बताएको हो ।

एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले अदालतको आदेश पछि स्वत पुरानै अध्यक्षहरु पदमा रहने भएपनि मेसु थापाले अदालतको आदेशको अवहेलना गरेको बताए । उनले अन्य पाँच अस्पतालहरुमा पुरानै अध्यक्षहरुले काम गरिरहेको भएपनि लुम्बिनी प्रादेशिक अस्पतालमा भने मेसुकै कारण अध्यक्ष कार्यालयमा आउन नसकेको बताए ।
उनले मेसु डा. थापालाई अध्यक्षको नामप्लेट र कुर्ची कार्यकक्षमा राख्न माग गरे ।
ज्ञापन पत्र बुझ्दै डा. थापाले सर्वोच्चको रिट कार्यान्वयन गर्ने गराउने मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालय रहेको भन्दै आफ्ना कारणले अध्यक्षको पुर्नवहाली नरोकिएको बताए । उनले मुख्यमन्त्री कार्यालयलाई विपक्ष बनाएर रिट दायर गरेको बताउँदै मुख्यमन्त्री कार्यालयले नै यो विषय टुंगोमा पुराउने बताए ।

साथै उनले आफ्ना कानुनी सल्लाहकारको राय सहित अघि बढ्ने समेत बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्यहरु बावुराम भट्राई, गोपाल राना, रुपन्देही क्षेत्र नं. २ का ईन्चार्ज क्रृषिराम पाण्डे, रुपन्देही सचिवालय सदस्य बावुराम पन्थी, नगर अध्यक्ष किसन ज्ञवाली, पुर्व मुख्य न्यायाधिवक्ता खुमाकान्त पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित