‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रिसाउँदै जव मन्त्री थापाले दुई मिनेटभित्रै आफ्नो मन्तव्य सकाए !

प्यूठानमा आयोजित तेह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन कार्यक्रममा पुगेका लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) रिसाएका छन् ।

आयोजकले कार्यक्रमको फितलो व्यवस्थापन गरेको भन्दै मन्त्री थापाले दुई मिनेटभित्रै आफ्नो मन्तव्य सकाएका थिए ।

‘कार्यक्रम व्यवस्थित गर्न सकिन्न भने तपाईंहरूलाई कार्यक्रम गर्ने अधिकार छैन, मन्त्री थापाले भने,’सरकारीस्तरमा आयोजना हुने कार्यक्रम जसरी गरे पनि हुन्छ भन्ने मान्यताप्रति मेरो गम्भीर आपत्ति छ’ यो लापरवाहीको बारेमा प्रदेशमा कुरा उठाउने उनले बताए ।

आफ्नो कर्तव्यप्रति आफू सजग तथा प्रतिबद्ध रहेको उनले सुनाए। विद्यार्थी खेलाडीलाई मन्त्री थापाले सफलताको शुभकामना दिएका छन् ।

जिल्ला खेलकुद विकास समिति प्यूठानको आयोजनामा प्रतियोगिता आजदेखि गणतान्त्रिक खेल मैदान बिजुवारमा सुरु भएको छ ।

प्रतियोगितामा भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दो र कबड्डी विधामा विद्यार्थी खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । ९ वटै स्थानीय तहबाट विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति प्यूठानका अध्यक्ष हुमलाल नेपालीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित