बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

‘गोर्खा वारियर’ टिम बुटवलमा

दर्शकलाई सुरपरहिट फिल्म चखाउन माहिर निर्देशक मिलन चाम्सले नेपालको सामरिक ईतिहासलाई उजगार गर्ने कथा बोकेको गोर्खा वारियर फिल्म निर्माण गरेका छन् ।

फिल्म प्रचारको क्रममा देश दौडाहमा रहेको उनको टिमले विहिबार बुटवलमा पत्रकारसंग भेटघाट गरेको थियो । सो क्रममा उनले गोर्खा वारियर आफ्नो ड्रिम प्रोजेक्ट भएको बताए ।

करीब साढे ३ वर्ष लामो सुटिङ समय लागेको फिल्म फागुन ११ गतेबाट बाट प्रर्दशन हुंदैछ ।

उक्त फिल्ममा मुख्य नायकमा नयां अनुहार रितेश चाम्सले डेब्यु गरेका छन् । फिल्ममा नायकको चरित्रसंग मेल खाने हुदा रितेशलाई लिएको उनको तर्क छ ।

कार्यक्रममा नायक चाम्सले देशको कथा बोल्ने फिल्ममा आफु खेल्न पाउदा निक्कै गर्विलो महसुस भएको बताए । २ सय ९ वर्षअघिको नेपालको परिवेश र विश्व युद्धलाई ३ पुस्ता अघिका बाजे पालामा भएको घटनाक्रमलाई पर्दामा देखाउनु सामान्य नभएको भन्दै उनंले धेरै मेहनत पछि फिल्म तयार भएको बताए ।

नेपाललाई स्वतन्त्र देशको रुपमा पहिचान बनाउन त्यसबेलाको गोर्खा बहादुरी र पुर्खाको योगदान फिल्लमा रहेको छ । फिल्ममा नायिका रेविका गुरुङले यो फिल्म गोर्खा सैनिकको बहादुरीलाई देखाउने गरि तयार भएको बताईन । हाल प्रमोशनका लागि देश दौडाहामा रहेको फिल्ममा रितेशका साथै विजय लामा, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई आदिको पनि अभिनय रहेको छ ।

सन १९४९ मा मलाया इमरजेन्सी जंगल वारमा गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा फिल्म आधारित छ । गत हप्ता सार्वजनिक गरिएको ट्रेलरपछि फिल्मको चर्चा चुलिंदो छ । मोफसल दौडाहामा फिल्म गोर्खा वारियर चितवन, हेटौडा, पोखरा, बुटवल लगायतका शहरका दर्शक भेट्ने र काठमाण्डौ फर्किने योजना रहेको बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित