‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी प्रदेशको सातौं स्थापना दिवस- : १६ पत्रकार सम्मानित

लुम्बिनी प्रदेश सरकारले १६ जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ। लुम्बिनी प्रदेशभित्र कार्यरत १२ जनालाई श्रृजनशील पत्रकारिता, एक जना पत्रकारलाई अग्रज पत्रकारिता पुरस्कार र ३ जनालाई सामाजिक क्षेत्रमा सेवा पुराएको भन्दै पुरस्कृत गरिएको छ।

रेडियो हाइवेका प्रबन्ध निर्देशक केपि घिमिरेलाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र गृहमन्त्री सन्तोषकुमार पाण्डेयले संयुक्त रुपमा श्रृृजनशील पत्रकारिता पुरस्कार अन्तरगत ५० हजार, सामाजिक सेवा सम्मान र अग्रज पत्रकारिता पुरस्कारमा एक लाख रुपैयाँसहित पुरस्कृत गरिएको थियो।

420195086_3819101078376303_6707673994298516537_n1707092809.jpg

श्रृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकारहरु तेजेन्द्र केसी, दशरथ घिमिरे, चुमा आचार्य, रामप्रसाद चौहान, रबिन्द्रप्रताप गुप्ता, भुुपाल थापा, अर्जुनकुमार वली, जयमान बुढामगर, माधवप्रसाद अर्याल, बीरेन्द्र केसी, सिराजुद्धीन खान, मधुसुदन भण्डारी पुरस्कृत भएका छन्।

यस्तै पत्रकारिता, कला संस्कृतिको संरक्षण, अधिकारको क्षेत्रमा वकालत गर्दै आएका पत्रकार सन्तोष दहित, विमला चौधरी र भगवती पाण्डेलाई पुरस्कृत गरिएको छ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित