निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था द्वारा  दिवसको अवसरमा  सरसफाई कार्यक्रम  

बुटवल  । बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौ स्थापना दिवसको अवसरमा  सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

समाजमा सरसफाईबारे चेतना जगाउँदै रचनात्मक रूपमा स्थापना दिवस मनाउने उद्देश्य सहित सिमामार्ग सुन्दरचोकदेखि देवीनगर चौपारीसम्म सरसफाई गरिएको हो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले समग्र सरसफाईमा उत्तम तरिकाहरुबारे नागरिकमा चेतनाको विकास आवश्यक रहेको बताए । अध्यक्ष क्षेत्रीले स्वास्थ्य र सरसफाईबारे न्यूनतम ज्ञान विकास गर्दै सरसफाईबारे रणनीति नैं बदल्नुपर्ने बताए ।

 

कार्यक्रममा सहकारीका अध्यक्ष लोकराज शर्माले वातावरण र सरसफाई सम्बन्धी चेतना वृद्धि गर्ने गरी विगतका वर्षहरुमा जस्तै रचनात्मक रूपमा स्थापना दिवस मनाइएको बताए । अध्यक्ष शर्माले स्थापनाको छोटो समयमा सहकारी जनताको रोजाइमा पर्न सफल समेत भएको दावी गरे । सम्बन्ध सहकारी बुटवल उपमहानगरपालिकामा दर्ता भएको पहिलो बहुउद्देश्यीय सहकारी हो । सहकारीमा ७०० भन्दा बढी शेयर सदस्यहरु भइसकेका छन् । सहकारी अध्यक्ष लोकराज शर्माको धन्यवाद ज्ञापन तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित