‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

स्थापना दिवस मनाउँदै लुम्बिनी, माघ २१ सार्वजनिक विदा दिने

लुम्बिनी प्रदेश सरकारले माघ २१ सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवस मनाउने निर्णय गर्दै सरकारले सो दिन विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेशसभाको निर्वाचन भएर २०७४ साल माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशको स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।

यसवर्ष पनि दिवसका सन्दर्भमा विभिन्न कार्यक्रमहरू हुँदैछन् । प्रदेश गृह मन्त्रालयका सचिव लालबावु कवारीले स्थापना दिवसको अवसरमा शुक्रवार प्रदेशसभा र प्रदेशसरकारबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने बताए ।

गृह मन्त्रालय र प्रदेश खेलकूद परिषद्को संयुक्त आयोजनामा आइतवार बिहान ८ बजेदेखि राजधानी राप्ती उपत्यकाको भालुवाङ देखि देउखुरी प्रशासनिक परिसरसम्म ५ किलोमिटरको दौड प्रतियोगिता आयोजना समेत आयोजना गरिएको छ ।

दौडमा १२ जिल्लाका युवाले भाग लिन पाउनेछन् । प्रतियोगितमा प्रथम, द्धितीय र तृतीय हुनेलाई खेलकूद् परिषद्ले पुरस्कृत गर्नेछ । त्यस्तै, आइतबार बिहान ११ बजेबाट सभाहलमा औपचारिक कार्यक्रम हुनेछ ।

१२ जिल्लाका स्थानीय तहलाई आफ्नो पहिचानसहित विभिन्न कला, संस्कृति र भेषभुषासहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनका लागि अहिलेसम्म ११ जना ग्रुपले नाम दर्ता गराएको उनले बताए ।

प्रदर्शनमा प्रथम हुनेलाई २१ हजार, द्धितीयलाई १५ हजार, तृतीयलाई ११ हजार र सान्तना हुने समुहलाई ६ हजार रुपैयाँले पुरस्कृत गरिने सचिव कवारीले बताए ।

लुम्बिनी प्रदेशको आर्थिक विकासमा कलम चलाएका १३ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिने मन्त्रालयका प्रवक्ता खिमानन्द ज्ञवालीले बताए । १२ जिल्ला मध्येबाट एक जनालाई १ लाख राशी सहितका अग्रज सञ्चारकर्मी सम्मान र १२ जनालाई ५० हजार रुपैयाँको राशीमा सृजनशील सञ्चारकर्मीबाट सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।

स्थापना देखिका पूर्वसांसदलाई प्रदेशसभाले लागो वितरण गर्ने, स्मारिका विमोचन गर्ने कार्यक्रम पनि रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित