‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या १२५ पुग्यो

बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गरेका निकुञ्ज प्रशासनले जनाएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको जानकारी दिए।

करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गरेको जानकारी दिँदै उनले अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई हजार विदेशी पर्यटक आएकामा अहिले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा चार हजारको हाराहारीमा पुगेको बताए।

यसैगरी, अघिल्लो आवको पुस मसान्तसम्ममा आन्तरिक छ हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा यस आवको पुस मसान्तसम्ममा १० हजार पुगेका छन्।

गत आवको पुस मसान्तसम्ममा पाँच सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा चालु आवको पुस मसान्तसम्ममा आठ सय पुगेका छन् । बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत रामले जानकारी दिए।

पर्यापर्यटनका लागि यो निकुञ्ज केन्द्रका रुपमा स्थापित भएको उल्लेख गर्दै उनले भने, ‘यस वर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको सङ्ख्या बढेकाले त्यसलाई प्रत्यक्ष रुपमा देख्न पाउनु नै हो।’

प्रमुख संरक्षण अधिकृत रामका अनुसुार खास गरेर अमेरिका, जर्मन, फ्रान्स, न्युजिल्यान्ड, चीन, भारतलगायत मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेकामा तीमध्ये अमेरिकी पर्यटकको सङ्ख्या बढिरहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित