‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सुनवलमा टिपर र बस ठोक्किँदा १७ जना घाइते (नामावली सहित)

गएराति पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

बिहीबार राति पौने १० बजे सुनवल नगरपालिका- ४ गैरै पेट्रोलपम्प नजिकै काठमाडौँबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु.२ ख १६९६ नम्बरको टिप्पर आपसमा ठक्कर खाँदा दुर्घटना भएकाे हाे।

पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले नेपालखबरलाई दिएको जानकारी अनुसार दुर्घटनामा घाइते भएकामध्ये नवलपरासी देवचुली नगरपालिका- १२ का ३२ वर्षीय प्रकाश न्यौपानेको अवस्था गम्भीर छ। उनलाई राति नै बुटवलमा सामान्य उपचार गरी थप उपचारको रुपन्देहीतर्फ रेफर गरिएको छ।

दुर्घटनाका घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र देवदह मेडिकल कलेज रुपन्देहीमा उपचार भइरहेको डीएसपी खरेलले जानकारी दिए।

बसमा सवार ३५ जनामध्ये १७ जना घाइते भएका हुन्। बाँकी यात्रु सकुशल छन्। दुर्घटनापछि टिपर चालक नवलपरासीको सुनवल- १० का २८ वर्षीय सुनिल दर्जीलाई प्रहरीले पक्राउ गरेको छ।

देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा उपचार भइरहेका घाइते
१. बस चालक जिल्ला कैलाली चुरे गा.पा. ४ बस्ने वर्ष अं. ३९ को कर्ण बहादुर सावदको टाउको र कम्मरमा चोट अवस्था मध्यम।
२. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका -१२ नयां बस्ने वर्ष अं. ३४ को गिरिराज भुसालको टाउकोमा चोट अवस्था मध्यम।
३. जिल्ला कञ्चनपुर बेलौरी न.पा.-१० बस्ने वर्ष अं. २५ को सुनिल पालको टाउको र शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम।
४. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका -४ बस्ने वर्ष अं. १६ को सुजन बुरलाकोटीको हात खुट्टामा चोट अवस्था सामान्य।
५. जिल्ला बाजुरा कोल्टी न.पा.-९ बस्ने वर्ष अं. ४० कि (महिला) राजु थापाको बायां खुट्टाको तिघ्रामा चोट अवस्था सामान्य।
६. ऐ.ऐ. निजको छोरा बस्ने वर्ष अं. १६ को लक्ष्मण थापाको दाहिने हात र घुडामाको चोट अवस्था मध्यम।
७. ऐ.ऐ. बस्ने निजको छोरा बर्ष अं. ३ को सुनिल थापाको हात खुट्टामा चोट अवस्था सामान्य।
८. जिल्ला नवलपुर देवचुली न.पा.-१२ गैडी बस्ने वर्ष अं. ३२ को प्रकाश न्यौपानेको टाउकोमा चोट अवस्था गम्भीर।
९. जिल्ला बर्दिया मधुबन न.पा.- ७ बस्ने वर्ष अं. २५ को बिनोद थापाको भित्री छातीमा चोट अवस्था मध्यम।
१०. जिल्ला नवलपरासी सुनवल न.पा.- ८ बस्ने वर्ष अं. ६३ को बलराम उबरकोटीको बांया हातमा चोट अवस्था सामान्य।
११. ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अं. ३० को बलदिप नेपालीको टाउको सुन्निएको अवस्था मध्यम।
१२. ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अं. ३९ को भुपाल नेपालीको दाहिने हातमा चोट अवस्था सामान्य।
१३. जिल्ला बाजुरा हिमाली गा.पा.-७ बस्ने वर्ष अं. ६० कि टिकादेवी सन्यालको टाउको र छाथिमा चोट अवस्था मध्यम।

लुम्बिनी प्रादेशिक अस्तपाल बुटवल रुपन्देहीमा उपचार भइरहेका घाइते
१४. जिल्ला बाजुरा बुढीनन्द न.पा.-१ बस्ने वर्ष अं. ५१ को खडकराज गिरीको दाहिने कुममा चोट अवस्था सामान्य।
१५. ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष अं. ४५ कि चन्द्र गिरीको हात खुट्टामा चोट अवस्था सामान्य।
१६. जिल्ला बाजुरा दुर्गाथली गा.पा. -४ बस्ने वर्ष अं. २९ को किशोर भण्डारीको खुट्टामा चोट अवस्था सामान्य।
१७. जिल्ला बाजुरा गौमुल गा.पा. -६ बस्ने वर्ष अं. १८ को महेश रोकायको दुबै हात खुट्टामा चोट अवस्था सामान्य।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित