‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

व्यापार संघको नवनिर्वाचित कार्य समिति द्वारा शपथ तथा पदभार ग्रहण

बुटवल। रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नवनिर्वाचित नयाँ कार्य समितिले एक विषेश कार्यक्रमकावीच शपथ तथा पदभार ग्रहण गरेको छ ।

संघको सभाहलमा बुधवार आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले शपथ गराउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं. ५ का माननिय सांसद बासुदेव घिमिरेले प्रमाणपत्र प्रदान गर्नु भयो भने संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले टिका तथा अध्यक्ष कृष्णप्रसाद घिमिरेले खादा लगाइदिएका थिए ।

त्यस अवसरमा महासचिव दयानिधि भण्डारीले नवनिर्वाचित महासचिव फर्सुराम पन्तलाई म्यान्यूट तथा कोषाध्यक्ष ऋषिराम पाण्डेले नवनिर्वाचित कोषाध्यक्ष मनिराम खनाललाई चेक हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननिय बासुदेव घिमिरेले रुपन्देहीको आर्थिक तथा औद्योगिक विकाससंगै समग्र परिर्वतनका लागि एकिकृत विकास परियोजना अगाडी बढाउनु पर्ने बताए ।


बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले स्थानिय सरकार व्यवसायीहरुको साथमा सधै रहेको जनाउदै व्यवसायीक समस्याहरुलाई सामुहिक रुपमा बसेर समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघको नेतृत्व चयनका क्रममा भएका गतिविधिले संस्थालाइएृ मजबुत बनाउन नै मद्दत गरेको बताउदै संघको हित विपरित कुनै गतिविधि हनु नदिन सबै लाग्नु पर्ने धारणा राखे ।

संघका निर्वतमान अध्यक्ष कृष्णप्रसाद घिमिरेले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै प्रजातान्त्रिक विधिबाट नया नेतृत्व चयन भएको हुदा संस्थाको गरिमा र प्रतिष्ठामा आच नआउने गरि काम गर्न आग्रह गरे ।

नवनिर्वाचित अध्यक्ष दिपक प्रसाद अधिकारीले आफू मन, वचन र कर्मले अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गर्दै संघको गरिमालाई उचाईमा पु¥याउन सबैलाई सहमति र सहकार्यमा जोड दिए ।

कार्यक्रम रुपन्देही व्यापार संघका पूर्व अध्यक्षहरुकोतर्फबाट पदम प्रसाद श्रेष्ठ, व्यवसायीक संघसंस्थाहरुकोतर्फबाट उद्योग व्यापार संगठनका अध्यक्ष विष्णु पाण्डे लगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित