‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

राम मन्दिरमा प्राणप्रतिष्ठा : आज कपिलवस्तु र रुपन्देहीका पालिकामा बिदा

सोमवार भारतको अयोध्यास्थित राम मन्दिरमा गर्न लागिएको अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिएका छन् । साथै उक्त दिन पशुपंक्षीको वध र मासु तथा मदिराको बिक्री वितरणमा समेत रोक लगाइएको छ ।

कपिलवस्तुको यशोधरा, विजयनगर, मायादेवी, शुद्धोधन गाउँपालिका र कपिलवस्तु,शिवराज,महाराजगंज र कृष्णनगर नगरपालिकाले पालिकामा बिदा दिएका हुन । अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मूर्तिको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ ।

उनीहरूले अलग अलग सूचना जारी गर्दै उक्त दिन पालिकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द रहने जनाएका छन् । नेपाली चेली सीताको विवाह भगवान् रामसँग भएको नाताले आफूहरूले सो दिन स्थानीय बिदा दिइएको पालिका प्रमुखहरूको भनाइ छ । उक्त दिन पालिका भित्र रहेका राम मन्दिरमा पूजापाठसमेत कार्यक्रम गरिने उनीहरूको भनाइ छ ।

त्यसै सन्दर्भमा आइतबार जिल्लाको दक्षिणी क्षेत्रका पालिकाभित्र रहेका राम मन्दिरहरुमा दीप प्रज्वलन भजन कीर्तनका कार्यक्रम गरिएको छ । राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन जिल्लाबाट भक्तजनहरू अयोध्यासम्म पैदल यात्रामा निस्केका छन् ।

यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिकाले पनि पालिकामा स्थानीय बिदा दिएको छ ।

सोमबार अत्यावश्यक सेवाबाहेक गाउँ कार्यपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका सबै निकाय विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ ।

सोमबार गाउँपालिका क्षेत्रभित्र समेत विभिन्न मठ मन्दिरहरूमा सोही प्रकृतिका प्राण प्रतिष्ठा लगायतका कार्यक्रम रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।

अध्यक्ष यादवले सोमबार आ–आफ्नो घर तथा घर नजिकै रहेको राम जानकी मन्दिरहरूमा दीप प्रज्वलन गर्न अपिल गरेका छन् । साथै गाउँपालिका क्षेत्रभर कुनै पनि प्रकारको पशुपन्छी तथा जीवजन्तुको वध नगर्न तथा माछा, मासु एवं मदिराजन्य पदार्थ विक्री वितरण समेत नगर्न उनले अपिल गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित