‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले दियो ३ दिन विदा

जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले तीनदिन विद्यालयहरुमा जाडो विदा दिएको छ । माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयहरुमा जाडो विदा दिएको हाे ।

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गरि उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म विदा दिने बताउनुभयो ।

‘यस उपमहानगरपालिकाको मिति २०८०-१०-०५ को निर्णयानुसार अत्यन्तै जाडो बढेको कारण यस उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा मिति २०८०-१०-०७ गतेदेखि मिति २०८०-१०-०९ गते तिन दिनसम्मको लागि जाडो बिदा (हिउदे बिदा) गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’– सूचनामा भनिएको छ ।जाडोका कारण जनजीवन प्रभावित बनेको छ । बालबालिका र बृद्धबृद्धा बढि प्रभाबित भएका हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित