‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण गरी बालबालिका मैत्री उपचार सेवा

 

बुटवल । बालबालिकाहरुको शारीरिक तथा मानसिक बिकासका लागि स्वास्थ्य सेवा र उपचारलाई प्रभावकारी बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ अभ्यासको सुरुवात गरेको छ । उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरुलाई शारीरिक तथा मानसकि रुपमा तन्दुरुस्त बनाउन बाल उद्यान सञ्चालनमा ल्याएको छ ।

बालबालिकाहरु अस्पताल भित्र आएपछि उनीहरुमा उत्पन्न हुने डर, त्रासलाई कम गरी मानसिक रुपमा स्फूर्त तथा स्वास्थ्य उपचार बारे सकारात्मक सन्देश दिनेगरी खेली–खेली सेवा लिने वातावरणको निर्माणमा उद्यान सहयोगी हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले बताए । बालबालिकाहरु बारे अनुसन्धान तथा उपचार पद्दतीलाई बैनिक बनाउनका लागि अस्पतालमा बगैचाहरुको निर्माण गरी पारिवारिक वातावरण निर्माण गरिने मेसु थापाले बताए । अस्पतालको बाल रोग तथा प्रसुती विभाग कक्ष अगाडि बैचा निर्माण गरी उनीहरुलाई खेल–खेली स्वास्थ्य सेवा लिने व्यवस्थाको सुरुवात गरिएको हो ।

अस्पतालका बाल रोग विशेज्ञ नेत्र रानाका अनुसार पछिल्लो सयम बालरोग उपचार तथा परामर्शका लागि आउनेका सङ्ख्यामा वृद्धि भएको छ । बाल रोग उपचारलाई विशिष्टकृत गरी अघि बढाउने योजना अनुसार सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने अभियानमा आफूहरु रहेको उनले बताए । शुक्रबार एक कार्यक्रमका बीच बाल उद्यानको उद्घाटन गर्दै बाल रोग विभागका प्रमुख बाल रोग विशेषज्ञ डा. किरणमणी पौडेलले बालबालिकाहरु शुष्म मस्तिका कुनै पनि नरात्मक प्रभाव र डर त्रास बिनानै उपचार सेवा उपलब्ध गराउन उद्यान सहयोगी हुने उल्लेख गरे । उपचारभन्दा ठूलो र महत्वपूर्ण कुरा उनीहरुलाई मानसिक रुपमा तयार पार्नु भएको बताउँदै कुनै पनि बिरामीले अस्पतालमा आएर दबाब महशुस गर्नुपर्ने वातावरणको अन्त्य हुन जरुरी रहेको बताए ।

कार्यक्रम अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा भएको थियो । अस्पतालमा बाल रोग उपचारका लागि १२ वटा एनआइसियू, १५ वटा नर्सरी तथा ३० सामान्य उपचार कक्ष रहेका छन् । एक महिनाभित्र थप ६ बेडको पीआईसियू सञ्चालनमा ल्याउने तयारी रहेको अस्पतालले जनाएको छ । अस्पतालमा यसअघिनै प्रसुती तथा बालरोग उपचारका लागि छुट्टै नमूना संकलन केन्द्र समेत सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका अधिकांश जिल्लाहरुका साथै बाहिरी प्रदेशका जिल्लाबाट समेत उपचारका लागि आउने प्रादेशिक अस्पतालमा आउनेको सङ्ख्या बढ्दै गएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित