रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो

धौलागिरी क्षेत्रका चार जिल्लाले अब बुटवल जानका लागि पोखरा स्याङजा–वालिकको रुट प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डबाट सार्वजनिक यातायात छुटन शुरु गरेका छन् ।

पर्वत जिल्लाको फलेवास नगरपालिका वडा न ५ मुडिकुवा देखि लोकमार्गकै रुट प्रयोग गरेर बुटवलसम्मका लागि यातायात सञ्चालन भएपछि यो रुटमा यात्रा गर्दा पोखरा स्याङजा–वालिकबाट भन्दा झण्डै ७० किलोमिटर दुरी छोटो हुन्छ । फलेवासको मुडिकुवा देखि ढिकबाट कुर्घा जोड्ने झण्डै ३ किलोमिटर सडकको स्तरोउन्नती भईरहेको छ ।

पैयूखोला यातायात प्रालिले उक्त रुटमा सार्वजनिक सवारी सञ्चालन गर्न लागेको हो । उक्त स्थानमा बन्दै गरेको लमायखोला मोटरेवल पुल समेत सम्पन्न हुँदा यो क्षेत्रबाट बुटवल, पाल्पा लगाएतका जिल्लामा जानका लागि सडक सञ्जाल निकै छोटो हुनेछ ।

लोकमार्गको मुडिकुवाबाट शुरु हुने सार्वजनिक यातायात विहादी गाउँपालिकाको सेतीवेणी हुँदै मिर्मिबाट पाल्पा सडक खण्डमा भएर जान्छ । बुटवल देखि कुश्मासम्मको दुरी छोटो बनाउने उक्त कालीगण्डकी लोकमार्गको पाङराङ, बाच्छा, बर्राचौर हुँदै रानीपानीसम्मको सडक कालोपत्रे भएको छ ।  रानीपानी देखि सेतीवेणी हुँदै मिर्मिसम्मको सडकको स्तरोउन्नती हुँदैछ । यो सवै खण्ड पुरा हुँदा बुटवल देखि कुश्मासम्मको दुरी ७० किलोमिटर भन्दा बढि कम हुनेछ ।

म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतबाट ब्यवसायीक तथा विभिन्न कामको सिलसिलामा पोखरा स्याङजा–वालिक,मुग्लीङ, चितवन हुदै जाने गरिएकोमा अब कालीगण्डकी लोकमार्गबाट सहज हुने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार