रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी

रूपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको दोस्रो दिन बन्द सत्र चलिरहेको छ ।

जारी बन्दसत्रमा उपसभापति भुवनप्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन, महामन्त्री सुरेन्द्रराज आचार्यले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाले आर्थिक प्रतिवेदन पेश गरेको कांग्रेसका प्रदेश सदस्य विष्णु पोखरेलले जानकारी दिए ।

प्रतिवेदनमाथि प्रतितिधिहरूको छलफलपछि आगामी कार्यदिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए । शनिबार सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका थिए ।

बन्दसत्र कांग्रेस महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षता र सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) को सञ्चालनमा चलिरहेको छ ।

बन्दसत्रमा कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, पुस्पा भुसाल, दीपक गिरी, डा. गोविन्द पोखरेल, अजयबाबु सिवाकोटी, अब्दुल रज्जाकलगायतका केन्द्रीय सदस्य उपस्थित छन् । सम्मेलनले नयाँ कार्ययोजनासहित नीति सम्मेलनमा पेश गर्ने प्रस्ताव तयारी गर्ने सभापति अमरसिंह पुनले बताए । सम्मेलन आजै सकिनेछ ।

प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमितिसहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भ्रातृ संस्थाका प्रतिनिधि गरी ७ सय ५० जनाको सहभागिता रहेको प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल मुस्कानले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार