रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले १९औं वार्षिकोत्सवको अवसरमा सरसफाई र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालयले मंसिर १४ गते स्थापना दिवस मनाउँदैछ ।
स्थापना दिवसको अवसरमा विश्वविद्यालयले साताब्यापी रुपमा बिभिन्न कार्यक्रम आयोजना गरेको छ । बुधबार लुम्बिनी सांस्कृतिक नगरपालिकासंगको सहकार्यमा लुम्बिनीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बुद्धजन्मस्थल लुम्बिनीको वातावरण स्वच्छ राख्न सरसफाई कार्यक्रम आयोजना गरिएको विश्वविद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्यले लुम्बिनी विश्वकाका समुदाय आउने स्थान पवित्रभूमि रहेकाले यहाँको वातावरण स्वच्छ राख्नु सबैको दायित्व भएको बताए । उनले हरेक नागरिकहरुले घरबाटै सफाईको थालनी गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै रजिष्टर डा. तिलकराम आचार्यले विश्वविद्यालयले वातावरण संरक्षणको अभियानमा स्थानीय तहसंगको सहकार्य शुरुआत गरेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजुरुद्दिन मुसलवानले नगरपालिकाले सरसफाई अभियान चलाइरहेको भन्दै विश्वविद्यालयको समेत सहयोगले उत्साह थपेको बताए ।
त्यस्तै उपप्रमुख कल्पना हरिजनले लुम्बिनीलाई स्वच्छ बनाउने अभियान चलिरहेको भन्दै यसलाई सबैको सहयोगबाट मात्रै पूर्णता दिन सकिने बताइन् ।
लुम्बिनीको पर्साचोकदेखि विश्वविद्यालय चोकसम्म भएको सरसफाई कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी विद्यार्थी, नगरपालिका कर्मचारीहरु, इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मीहरु तथा स्थानीयहरुको सहभागिता रहेको कार्यक्रम संयोजक लेखनाथ न्यौपाने जानकारी दिए ।
त्यस्तै वार्षिकोत्सवकै अवसरमा विश्वविद्यालयले बुटवलको सिटी क्याम्पसमा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।
विश्वविद्यालयले हरेक बर्षको मंसिर १३ गते रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । सिटी क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपानेको अध्यक्षता तथा उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य, डिन हरिशरण चखुँले प्रमाणपत्र प्रदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले रक्तदानको महत्व विशेष रहेको भन्दै मानवीय सेवा भावले आयोजना गरिएको रक्तदान कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताएका थिए । उनले तीन महिनामा आफै खेर जाने रगत दानबाट कसैको जीवन बच्न सक्ने भन्दै यसको लागि सबैले नियमित रुपमा रक्तदान गर्नुपर्ने बताएका थिए । बुद्धको शिक्षामा दानको महत्व निकै रहेकाले बौद्ध विश्वविद्यालयले रगतदानलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताए ।
बार्षिकोत्सवको अवसरमा मंगलबार केन्द्रीय क्याम्पसमा टेवल टेनिस र चेक प्रतियोगिता सम्पन्न भएको छ । विश्वविद्यालयको बार्षिकोत्सव मूल समारोह मंसिर १४ गते रहेको छ । सोही दिन विश्वविद्यालयमा निशुल्क स्वास्थ्य शिबिर राखिएको छ । शिबिरमा आँखा, पेट, बाल तथा जनरल फिजिसियनको विशेषज्ञ सेवा उपलब्ध हुने कार्यक्रम संयोजक डा. सागर न्यौपानले जानकारी दिए ।
बिहान बौद्ध पुजाको आयोजना गरिएको छ । त्यस्तै दिउँसो मूल समारोह हुने विश्वविद्यालयले जनाएको छ । प्रदेश प्रमुख अमिक शेरचनको अध्यक्षतामा हुने कार्यक्रममा शुभकामना आदानप्रदान, कर्मचारी सम्मन, पुस्तक बिमोचन तथा सांस्कृतिक कार्यक्रम हुनेछन् । साँझ ४ बजे दीप प्रज्ज्वलन कार्यक्रम हुने बताइएको छ । त्यस्तै १५ गते शिक्षक तथा कर्मचारीबीचमा अन्तर निकाय भलिवल प्रतियोगिता आयोजना गरिएको संयोजक रमेश पन्थीले जानकारी दिए ।
२०६१ सालमा स्थापना भएको विश्वविद्यालयले स्नातक तहदेखि विद्यावारिधितहसम्मका पठनपाठन लुम्बिनी तथा आसपासका क्षेत्रमा गर्दै आइरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार