रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवको अवसरमा सिटी क्याम्पस बुटवलको आयोजनामा सिटी क्याम्पस प्राङ्गढ बुटवल नयाँगाउँ वृहत रक्तदान कार्यक्रम गरिएको छ । बौद्ध विश्वविद्यालय स्थापनाको पुर्व सन्ध्यामा बुटवलमा रक्तदान गरिएको हो । क्याम्पसमा आयोजनामा गरिएको खुल्ला वृहत रक्तदानमा विद्यार्थी, स्थानीय लगायत ५० जनाले रक्तदान गरेका थिए ।
सिटी क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपानेको अध्यक्षता तथा उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यको प्रमुख आथित्यता मा सम्पन्न कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य, डिन हरिशरण चखुले प्रमाणपत्र प्रदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले रक्तदानको महत्व विशेष रहेको भन्दै मानिवीय सेवा भावले आयोजना गरिएको रक्तदान कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताएका थिए । उनले तीन महिनामा आफै खेरा जाने रगत दानबाट कसैको जीवन बच्न सक्ने भन्दै यसको लागि सबैले नियमित रुपमा रक्तदान गर्नुपर्ने बताएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार