३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

लक्ष्मी सामाजिक सहकारी छैठौं वार्षिक साधारण सभा

बुटवल। श्री लक्ष्मी सामाजिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल–९ तीनकुनेको छैठौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष खुवीराम आचार्यको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै अर्यालले सहकारीहरु बचत तथा ऋणको कारोवारमा मात्र केन्द्रित नभई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताइन् ।

सहकारीले देशको अर्थतन्त्र चलाएमान बनाउन ठूलो भूमिका खेलेको उपप्रमुख अर्यालको भनाइ छ । बहुउद्देश्यीय सहकारी संघ रुपन्देहीका अध्यक्ष रोमणी डुम्रेले सहकारीले जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्ने बताए । सहकारीका अध्यक्ष खुवीराम आचार्यले सहकारीले सबल र सक्षब बनाउदै काम अघि बढाइएको बताए ।

सहकारीका शेयर सदस्य आउदो वर्ष ६५० जना पु¥याउने लक्ष्यका साथ अघि बढेको अध्यक्ष आचार्यले बताए । अहिले सहकारी ४९८ शेयर सदस्य रहेका छन् । सहकारीको शेयर पूँजी ६९ लाख २५ हजार, लगानी २ करोड ४० लाख र संस्थागत पूँजी कोष ८ लाख ४६ हजार रहेको सहकारीका सचिव बाबुराम बञ्जाडेले जानकारी दिए ।

रेमिट्यान्सको सेवा पनि दिँदै आइरहेको सहकारीमा ५ जना कर्मचारी कार्यरत छन् । कार्यक्रममा सहकारी लेखा सुपरीवेक्षण संयोजक गोकुल आचार्य, सहकारी बैंकका अधिकृत सुशील भटटराई लगायतले बोलेका थिए ।

सहकारीका अध्यक्ष खुवीराम आचार्यको अध्यक्षता, उपाध्यक्ष मञ्जु घिमिरेको स्वागत तथा सचिव बाबुराम बञ्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित