

विश्व टेलिभिजन दिवसको अवसरमा एलायन्स फर कम्युनिटी मिडिया नेपालले सामुदायिक विकास पत्रकारिता पुरस्कार स्थापना गरेको छ । नेपालका सामुदायिक टेलिभिजनहरुको साझा संस्थाको रुपमा रहेको एलायन्स फर कम्युनिटी मिडियाले देशभरका सामुदायिक टेलिभिजनहरुमा काम गर्ने पत्रकारबाट सामाजिक विकासमा टेवा पुग्ने गरि समाचार लेख्ने पत्रकारलाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने जनाएको छ ।
१५ हजार राशिको उक्त पुरस्कार हरेक वर्ष विश्व टेलिभिजन दिवसकै अवसरमा प्रदान गरिएको एलायन्स फर कम्युनिटी मिडियाका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।
अध्यक्ष पाण्डेले नेपालमा स्थापना भएका सामुदायिक टेलिभिजनहरुलाई संगठित गरी उनिहरुको क्षमता विकास र त्यहा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृद्धीका लागि गठन गरिएको मिडियाले टेलिभिजनमा कार्यरत पत्रकारहरुको प्रोत्साहनको लागि पुरस्कार स्थापना गरिएको बताए ।
मिडियाका अध्यक्ष पाण्डेले विश्व टेलिभिजन दिवसको अवसरमा सम्पूणर् टेलिभिजनकर्मीहरुलाई शुभकामना समेत व्यक्त गरे ।