बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

दाङको तुल्सीपुरमा एकै घरका दाजुभाइ मृत फेला

दाङको तुलसीपुर गाइडहरमा सहोदर दाजुभाइ मृत अवस्थामा फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना घर भइ तुलसीपुर–६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ बर्षीय पूर्णबहादुर बस्नेत र उनका सहोदर भाइ ३० बर्षीय टेकबहादुर बस्नेत सोमबार बेलुकी घरभित्र मृत अवस्थामा फेला परेका हुन् । पूर्ण परिवारका साँइला र टेकबहादुर कान्छा सञ्तान हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार उनीहरु बस्ने घरमा घरबेटी बस्दैन थिए ।

मृतकमध्ये कान्छा टेकबहादुरकी श्रीमतीले आफू रुकुम पश्चिमस्थित माइती गएको हुँदा त्यहाँबाट नफर्किँदासम्म ढोका नखोल्न आग्रह गरेको हुँदा प्रहरीले बाहिरबाटै सुरक्षा दिएपछि मंगलबार मात्रै ढोका खोलिने प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट दाजुभाइले विषादी सेवन गरी आत्महत्या गरेको आशंका भइरहेको प्रहरीले बताएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार