

काठमाडौं । देशका केही भू-भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको हो ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।